site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर कारोबार घट्यो, होटेल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बढे पनि कारोबार रकममा कमी अएको छ । बुधबार पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएकोमा आज घटेर तीन अर्ब १६ करोडमा झरेको छ । एक दिनमै सेयर कारोबार रकम एक अर्ब ८५ करोड रुपैयाँले घटेको छ ।

यस दिन होटल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो समूहको परिसूचक यसदिन ४.५६ प्रतिशतले वृद्धि भएको छ । यो समूहको परिसूचक बढेसँगै यस समूहमा अवद्ध कम्पनीहरुको सेयर मूल्य पनि बढेको छ ।

नेप्से परिसूचक लगातार आठ दिनदेखि उकालो लागेको छ । नेप्से परिसूचक पाँच अंक बढेर २०४२.०७ विन्दुमा रोकिएको हो ।

यसदिन कारोबारमा आएका १३ वटा समूहमध्ये ६ समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा व्यपार समूह रहेको छ । यो समूहको परिसूचक १.७४ अंकले घटेको छ ।

आज म्युचुअल फन्ड, ऋणपत्रलगायत २७० धितोपत्रको ७८ लाख ९६ हजार ४७८ कित्ता खरिद–बिक्री भएको छ ।

सिटी होटलको सेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भएको छ । यसदिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको सेयर मूल्य ५.६८ प्रतिशतले घटेको छ ।

यसदिन शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको १७ करोड ९३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro