site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल र भारत ‘ए’ बीचको खेल रद्द
Tiktok banner adTiktok banner ad

काठमाडौं । एसीसी महिला इमर्जिङ टिम्स कपमा नेपाल र भारत ‘ए’ बीचको खेल रद्द भएको छ ।

हङकङको मोङककस्थित मिसन रोड मैदानमा बिहीबार नेपाल र भारतबीचको खेल हुने तालिका थियो । तर, वर्षाका कारण मैदान खेल्न योग्न नभएपछि टससमेत नभई खेल रद्द भएको हो ।

प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपाल र भारत दुवैको यो दोस्रो खेल हो । यसअघि, पहिलो खेलमा नेपाल पाकिस्तानसँग नौ रनले पराजित भएको थियो । भारतले भने पहिलो खेलमा हङकङलाई नौ विकेटले हराएको थियो ।

खेल रद्द भएसँगै दुवै टिमले एक–एक अंक पाएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको भारतले दुई खेलबाट तीन अंक जोडेको छ । समान खेलबाट एक अंक जोडेको नेपाल तालिकाको तेस्रो स्थानमा छ ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा शनिबार हङकङसँग खेल्नेछ । थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले यो प्रतियोगितामा खेल्ने अवसर पाएको हो । एसीसी महिला इमर्जिङ टिम्स एसिया कपमा नेपाली टोलीको यो पहिलो सहभागिता हो ।

समूह ‘बी’मा मलेसिया, यूएई, बंगलादेश र श्रीलंका ‘ए’ छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल जुन १९ मा हुनेछ । फाइनल खेल जुन २१ मा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro