site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फिलिपिन्समा भूकम्प, नेपाली टिम सुरक्षित 
फाइल तस्बिर ।

काठमाडौं । फिलिपिन्समा बिहीबार ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण राजधानी मनिलामा केही रेल सेवा अवरुद्ध भएको रोयटर्सले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु १० किलोमिटर (६.२१ माइल) गहिराइमा समुद्रमा थियो । नजिकैका प्रान्तहरूमा धक्का महसुस गरिएको भूकम्पपछि कुनै हताहत वा ठूलो क्षति नभएको फिलिपिन्सको भूकम्प मापन गर्ने एजेन्सीले जनाएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिम हाल मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपका लागि फिलिपिन्समा छ । नेपालले आज अपराह्न ४ः४५ बजे रियाज मेमेरोरियल रंगशालामा फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ ।

नेपाली राष्ट्रिय टिम सुरक्षित रहेको र हालसम्म खेल स्थगित वा रद्द हुने कुरा नआएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले बताए ।

“भूकम्पबाट नेपाली टिम सुरक्षित छ । भूकम्पका कारण खेल रद्द वा स्थगित गरिएको बारे कुनै कुरा आएको छैन । अहिलेसम्म खेल पूर्वनिर्धारित समयमा नै हुने जानकारी छ,” शाहले बाह्रखरीसँग भने ।

साफ च्याम्पियनसिपको तयारी र मैत्रीपूर्ण खेलका लागि नेपाली टिम यही जेठ २९ गते फिलिपिन्स गएको थियो । फिलिपिन्समा एउटा मैत्रीपूर्ण खेलपछि नेपाली टिम भारतमा हुने च्याम्पियनसिपका लागि प्रस्थान गर्नेछ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro