site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशको बजेट अधिवेशन अन्त्य, अध्यादेशमार्फत बजेट

विराटनगर । कोसी प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको छ । सरकारले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरेका हुन् ।

अल्पमतमा रहेको एमाले नेतृत्वको सरकारले नीति तथा कार्यक्रम पास नहुने देखेपछि बुधबार प्रदेश मन्त्रिपरिषदको बैठकबाट चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । बुधबार नै प्रदेश प्रमुख खापुङले प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेका थिए । अब अध्यादेशबाट सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउने छ ।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले अध्यादेशमार्फत सरकारले बजेट ल्याउने बताए । नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कोसी प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हो । जेठ २३ गते माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । जसपाले यसअघि नै सरकार छाडेको थियो ।

अल्पमतको सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि पारित हुने अवस्था छैन। सदनबाट पारित नहुने भएपछि अध्यादेशको बाटोबाट सरकारले बजेट ल्याउने तयारी गरेको हो । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएअनुसार तयारी गरेको हो । अध्यादेशमार्फत आर्थिक मामिला तथा योजना मन्त्रीको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री हिक्मत कार्कीले बजेट ल्याउने छन्

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  २१:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro