काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सदस्यहरूलाई सामाजिक सञ्जाल प्रयोगमा कडाई गर्ने भएको छ ।
पार्टी महासचिव मुकुल ढकालले तयार गरेको नयाँ युग नामक दस्तावेजमा पार्टीले सदस्य बनेकाहरूले कायम राख्नुपर्ने चरित्रको विषयमा उल्लेख गरिएको छ ।
दस्तावेजमा पार्टी सदस्यहरूको चरित्रका विषयमा सात वटा इन्डिकेटर उल्लेख गरिएको छ । जसमा सामाजिक सञ्जालको प्रयोगमा संवेदनशीलता, विपक्षीहरुको विचार प्रति सम्मान, अहिंसाप्रति प्रतिबद्धता, सबैलाई सम्मान गर्ने, उच्च नैतिकता कायम राख्नुपर्ने उल्लेख छ ।
यस्तै, विपक्षी दृष्टिकोणको लागि खुलापन, आत्मनिर्भर अर्थतन्त्रको प्रवर्द्धन गर्ने विषय पनि समावेश गरिएको छ ।
“कोही पनि व्यक्तिगत आक्रमणमा संलग्न हुन वा गलत जानकारी फैलाउनबाट जोगिनुपर्छ । यसको सट्टा रचनात्मक विचारहरू, नीति प्रस्तावहरू तय गर्न र सम्मानजनक रूपमा घटकहरूसँग संलग्न हुनमा ध्यान केन्द्रित गर्नुपर्छ ।
सामाजिक सञ्जाललाई जिम्मेवारीपूर्वक प्रयोग गरेर, उनीहरूले सूचित छलफल, समावेशीता, र समझदारीको लागि सहयोगी भूमिका निर्वाह गर्दछ,“ दस्तावजेजमा लेखिएको छ ।
पार्टीले सबै उमेदवार र दलहरूले आफ्ना विचार र नीतिहरू प्रस्तुत गर्ने समान अवसर पाउने पाउने कुराको सुनिश्चित गर्दै पार्टी सदस्यले निष्पक्ष प्रतिस्पर्धाको वकालत गर्नुपर्ने तथा पार्टी सदस्यले व्यक्ति वा सार्वजनिक सम्पत्तिमा कहिल्यै पनि भौतिक आक्रमण नगर्ने प्रतिज्ञा गर्दै अहिंसाको नीतिलाई कडाइका साथ पालना गर्नुपर्ने दस्तावेजमा लेखेको छ ।