site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारीजस्ता नेपाली सिनेमाका प्रोडुसर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली सिनेमाका प्रोडुसरलाई ‘सहकारीजस्तै नेपाली चलचित्र उद्योगका प्रोडुसर’ भन्न मिल्छ ? चलचित्र निर्माताको छाता संस्था चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का जवाफमा भन्छन्– सबैलाई एउटै डालोमा राख्न त मिल्दैन, तर निर्माताको नाममा ठगी गर्नेहरू पनि छन् ।

निर्माता संघमा यस्ता गुनासा र उजुरी थुप्रै आउने गरेको नवल बताउँछन् । निर्माता बनाइदिने भन्दै ठगी गरिएको उजुरी आउने गरेको उनी स्पस्ट पार्छन् ।

“निर्माता संघमा निर्माताबाट ठगिएको भनेर पैसा उठाइदिनुपर्‍यो भन्दै थुप्रै व्यक्ति उजुरी लिएर आउनुहुन्छ । अहिले पनि यस्ता गुनासा र उजुरी हाम्रोमा थुप्रै छन्,” नवल भन्छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसरी ठगिनेमा विदेशमा बस्ने नेपाली धेरै हुने गरेको उनी बताउँछन् । “हाम्रोमा ठगिएको भन्दै गुनासो र उजुरी लिएर आउने प्रायः नेपालमा बसेकाहरू मात्रै आउँछन् । विदेशमा बस्नेहरू त यहाँ यस्तै हुँदो रहेछ भनेर पैसा माया मारेर फर्किन्छन्,” उनी भन्छन्, “हाम्रोमा आइपुग्ने त नेपालमै बस्नेहरू मात्रै हो ।”

कतै उजुरी र गुनासा नगर्ने पनि धेरै छन् । उजुरी नआए पनि सूचना आइरहने उनको भनाइ छ ।

Royal Enfield Island Ad

एकै निर्माताले सिनेमाको निर्माता बनाइदिने भन्दै थुप्रै व्यक्तिसँग पैसा उठाउने गरेको पाएको उनी सुनाउँछन् । “चलचित्रको लगानी दुई करोड हुन्छ । तर, ठगी गर्ने व्यक्तिले अरू तीनजनासँग दुई/दुई करोड उठाएर प्रोडुसर बनाइदिन्छु भनेर पैसा उठाउने गरेको पाइन्छ,” उनी भन्छन् ।

नेपाली चलचित्र उद्योगमा विकृति रहेको नवल स्वीकार गर्छन् । “कोही हिरो/हिरोइन बन्न आफैँ केही पैसा लगानी गर्छन्, कसैलाई निर्माताका रूपमा नाम आउँछ भन्ने लोभले पैसा हालिरहेका छन्, कोही मिडियामा नाम आउँछ भनेर पनि सिनेमामा लगानी गरिरहेका हुन्छन्,” उनी भन्छन्, “नेपाली सिनेमा उद्योग बुझेका केही व्यक्तिले यसरी पनि पैसा उठाउने विकृति मौलाउँदो छ । यस्ता मेकरले बनाएका चलचित्रको हविगत कस्तो छ, त्यो पनि धेरैलाई थाहा छ ।”

यस्ता ठगीका आधा दर्जन घटना लिएर मानिस निर्माता संघमा आइपुगेको नवल बताउँछन् । यो विकृति नरोकिएसम्म नेपाली सिने उद्योगको विकास नहुने उनको धारणा छ । आफू एक रुपैयाँ लगानी नगर्ने र अर्काको रकममा निर्माता बनेर ठग्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उनी जोड दिन्छन् ।

“आफू फ्रन्टमा देखिरहन पनि यस्ता विकृति मौलाइरहेका छन् । अरूको पैसामा डिजाइन गरेर अगाडि बढेको पाइएको छ, जुन राम्रो होइन,” निर्माता तथा कलाकार समेत रहेका अध्यक्ष नवल भन्छन्, “भलै, सबै निर्माता यस्तै छन् भन्ने होइन । अरूको लगानीमा मनमौजी गर्ने निर्माता पनि छन् भन्ने हो ।”

निर्माताका रूपमा नाम राखिदिने भन्दै थुप्रै व्यक्तिसँग कागज गरेर ठग्ने गरिएको उनी बताउँछन् । एउटै निर्माताको कम्पनीले सातजनासम्मलाई त्यसरी ठगेको उजुरी आफूहरूसमक्ष आइपुगेको उनले सुनाए । यसरी ठगी गर्नेमा आमनागरिकले देखे/चिनेका ठूलै सेलिब्रिटी पनि रहेको नवल बताउँछन् ।

“कागज गर्ने तर पछि सिनेमामा निर्माताको रूपमा नाम पनि नहाल्दिने र पैसा पनि फिर्ता नदिने गरेका गुनासाहरू आउने गरेका छन्,” उनी अगाडि थप्छन् ।

लाखदेखि करोडौँ रूपैयाँ लगानी गर्नेले पनि बिनासुझबुझ र बिनाजानकारी पैसा हाल्ने गरेको नवलको गुनासो छ । लगानी गर्नुअघि चलचित्र निर्माता संघ, चलचित्र विकास बोर्ड, कलाकार संघलगायत संस्था तथा व्यक्तिसँग बुझेर मात्र गर्नुपर्नेमा उनी जोड दिन्छन् ।

“आफूले कसको चलचित्रमा लगानी गर्न लागेको हो, कस्ता व्यक्ति टिममा छन्, उनीहरूको विगत कस्तो छ, कस्तो काम गरिरहेका छन् भनेर लगानी गर्नुअगाडि बुझ्नुपर्छ,” उनी भन्छन्, “यति पनि नबुझी लहैलहै र लहडका भरमा सिनेमामा लगानी भइरहेको छ । जसका कारण ठगी गर्ने व्यक्तिलाई पनि सहज भइरहेको छ ।”

लगानी डुबिसकेपछि मात्र निर्माता संघ र बोर्डमा आउने गरेको नवलको अनुभव छ । लगानी डुबेपछि मात्र निद्राबाट ब्युँझिने गरेको उनी टिप्पणी गर्छन् । उनी अगाडि थप्छन्, “सबैभन्दा पहिला व्यक्ति आफैँ सचेत हुनुपर्छ । हामी संघ–संस्थाहरूले त बाटो देखाउने मात्रै हो । हामी आफैँ न्यायालय र न्यायाधीश होइनौँ । हामीले गर्ने दुवै पक्षलाई राखेर मिलापत्र गराउने प्रयास मात्रै त हो ।”

नामका लागि मात्र हो कि मुनाफाका लागि पनि लगानी हो ? आफूले विश्वास गरेर सँगै काम गर्न लागेको व्यक्तिको ट्रयाक हिस्ट्री के हो ? कोसँग काम गर्दा लगानी सुरक्षित होला भनेर अनुभवी व्यक्तिसँग सल्लाह नगर्नु समस्याको मुख्य कारण भएको उनको अनुभव छ । दुई/चार अग्रज र अनुभवीसँग सल्लाह गरे कोही पनि ठगिने अवस्था नरहने उनी बताउँछन् ।

ठगी गर्ने उद्देश्य भएका व्यक्तिले बनाएका चलचित्र गुणस्तरीय नहुने नवलको तर्क छ । चलचित्र राम्रो बनाउने भन्दा पनि मेकरको ध्यान कसरी अरूको पैसा ‘कब्जा’ गर्ने भन्नेमा जाँदा काम कमजोर हुने उनको भनाइ छ ।

“कति त सिनेमा रिलिज भइसकेपछि हामीकोमा आइपुग्नुहुन्छ । कति अबचाहिँ म डुबेँ भन्ने थाहा पाएपछि आउनुहुन्छ,” उनी भन्छन्, “चलचित्र त्यस्तै बनेको हुन्छ, जसले हलबाट पैसा पनि कमाउँदैन अनि कसरी हामीले मिलाउने ?”

कतिपयले यसबारेमा बुझ्दै नबुझेका नयाँ व्यक्तिलाई लगानी गरेपछि फाइदा हुने भन्दै कागज गरेका हुन्छन् । तर, हलबाट पहिलो दिन नै चलचित्र उत्रिएपछि झगडा हुने गरेको उनी सुनाउँछन् । चलचित्रले यति नै कमाइ गर्छ भन्ने यकिन हुँदैन । तर, कतिपय मेकरले यति फाइदा हुने भन्दै पैसा लिएर सिनेमा बनाइरहेको उनी बताउँछन् ।

त्यसैले चलचित्र कसरी बन्छ, यसको प्रोसेस कस्तो हुन्छ, बजार कस्तो छ, कसरी पैसा फिर्ता हुन्छ, नेपाली सिनेमा बजारको इतिहास कस्तो छ, कस्तो अवस्थामा कति कमाइ हुन्छ वा हुँदैन भन्ने जानकारी नभए सुरुमै निर्माता संघमा आएर बुझ्न र सम्भावित ठगी तथा लगानी डुबाउने अवस्थाबाट जोगिन नवल आग्रह गर्छन् ।

“पसलमा दुई सयको सामान किन्दा चारवटा पसलमा गएर सोध्ने हामी करोडौँ रुपैयाँ लगानी गर्दा किन आँखा चिम्लिएर गरिरहेका छौँ ?,” नवलको प्रश्न छ, “यो त हरेक जनताको मन जितेर तीन/चार सय प्रतिव्यक्ति पैसा गरेर करोड उठाउन त्यति सहज छ ? जिन्दगीभरको पसिनाको कमाइ लगानी गर्दा कहाँ कसरी लगानी गरिरहेको छु भनेर सोच्नुपर्छ ।”

बक्सअफिस कलेक्सनसम्बन्धी सार्वजनिक सबै समाचार सत्य नहुने गरेको उनी बताउँछन् । त्यसैमा भर परेर लगानी गर्न नहुनेमा उनी जोड दिन्छन् ।

“फिल्म चलेन भन्यो भने आउन लागेका दर्शक पनि हलमा आउँदैनन् भनेर पाँच लाख कारोबार गरे ५० लाख भन्ने गरेको पाइन्छ,” उनी भन्छन्, “यी भ्रामक हल्लाको पछि लाग्दा पनि धेरै ठगिरहेको र धेरैले लगानी डुबाइरहेको अवस्था छ । दिनको ५० लाख कमाइ हुँदा कति हुन्छ भनेर हिसाब गरेर मान्छे आइरहेको हुन्छ ।” अफवाहका पछि लाग्दा पनि ठगीका घटना बढेको उनको बुझाइ छ ।

निर्माता संघका अध्यक्ष नवलको भनाइमा निर्देशक घनश्याम लामिछाने सहमत छन् । उनी नयाँ निर्माता ठग्ने प्रवृत्ति निकै धेरै रहेको बताउँछन् । नाम र दाम दुवै आउने प्रलोभनमा पारी लगानी गर्न उक्साउने मेकर पनि थुप्रै रहेको उनको जिकिर छ ।

“चलचित्रको कलाकार बनाइदिन्छु भनेर मात्रै होइन – नाम र दाम दुवै आउँछ, निर्माताको रूपमा लगानी गरौँ भन्नेको पनि भीड छ,” घनश्याम भन्छन्, “जसरी हुन्छ पैसा निकाल्न पाए हुन्थ्यो भन्ने प्रवृत्ति मौलाउने क्रममा छ ।”

राम्रो व्यापार गरे पनि पैसा नदिने प्रवृत्ति नेपाली सिनेमाको अँध्यारो पाटो रहेको उनी बताउँछन् । उनका अनुसार नयाँ व्यक्तिलाई जसरी हुन्छ फसाउने निर्माताको संख्या पनि नेपाली चलचित्र उद्योगमा कम छैन ।

“नयाँ आउन खोज्ने कलाकारलाई झन् कठिन छ । केही भाइरस निर्माता जो पैसा नहाली कलाकारलाई सिनेमा खेलाउँदैनन्, उनीहरूका सिनेमामा नयाँ आउन खोज्ने कलाकारहरूलाई बिनापैसा आउन निकै अप्ठ्यारो छ,” उनी भन्छन्, “तर, सबै निर्माता यस्तै छन् भन्ने होइन । राम्रा कलाकारले राम्रा मेकरको साथ भेटे सजिलै काम पाउन सक्छन् ।”

नयाँ व्यक्तिलाई ठग्ने शैली फेरिएको उनको भनाइ छ । “अहिले पहिलाजस्तो मुर्गा गल्ली नै त छैनन्, तर अहिले ठग्ने शैली फरक भएको छ,” उनी भन्छन्, “अहिले चलेका सिनेमाको कमाइ देखाएर लोभ्याउँदै यस्तै कमाउन सकिन्छ भन्दै लगानी गराउन खोज्नेको पनि भीड छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro