site stats
बाह्रखरी :: Baahrakhari
कला
‘झरीपछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं । चलचित्र ‘झरीपछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स बिक्री भएको छ । यो चलचित्रको अस्ट्रेलिया राइट्स राम कार्कीले किनेका हुन् ।

कार्की अस्ट्रेलियाका स्थापित नेपाली उद्यमी हुन् । उनले ‘झरीपछिको इन्द्रेणी’ अस्ट्रेलियाका प्रमुख सहरहरूमा रिलिज गर्ने बताएका छन् । 

नौ वर्षपछि पुनरागमन गरेका गणेश उप्रेतीको मुख्य भूमिका रहेको ‘झरीपछिको इन्द्रेणी’मा निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौलालगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा बालेन शाहको र्‍याप रहनेछ । यो चलचित्रलाई  अर्जुन घिमिरे (पाँडे)ले निर्देशन गर्दैछन् । 
 

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्