site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालकृष्णको पक्षमा तीन पूर्वमहान्यायाधिवक्तासहित १५ जनाले गरे बहस
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणका वकिलहरूको बहस सकिएको छ । खाँणको पक्षमा बहस गर्न ३४ जनाले नाम लेखाएका थिए । तर, १५ जनाले बहस गरेपछि उनकातर्फका वकिलको बहस सकिएको हो ।

खाँणका पक्षमा तीन पूर्वमहान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनका अध्यक्ष र दुई पूर्वअध्यक्षसहित १५ जनाले बहस गरेका थिए ।

KFC Island Ad
NIC Asia

पूर्वमहान्यायाधिवक्ताहरू खम्मबहादुर खाती, रमणकुमार श्रेष्ठ र महादेवप्रसाद यादवले बहस गरे । नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले पनि उनको पक्षमा बहस गरे ।

बारका पूर्वअध्यक्षहरू प्रेमबहादुर खड्का र शेरबहादुर केसी, सर्वोच्च बारका पूर्वअध्यक्ष तथा वरिष्ठत अधिवक्ता हरिहर दाहालले पनि खाँणका तर्फबाट बहस गरे ।

Royal Enfield Island Ad

कांग्रेस निकट डेमोक्र्याटिक लयर्स एसोसिएसनका अध्यक्ष योगेन्द्र अधिकारी तथा सुरेन्द्र महतोसहितका वरिष्ठ अधिवक्तासँगै अरू अधिवक्ताले पनि बहस गरेर उनका तर्फको बहस टुंग्याइएको हो । 

बहसमा खाँण पक्षका अधिवक्ताहरूले खाँणलाई जाहेरीमै दोषी नबनाइएकोमा हचुवाको भरमा अभियोग लगाएर जबजर्स्ती फसाउने प्रयास भएको दाबी गरेका छन् । उनीहरूले लेनदेनमा संलग्न नभएको र कुनै पनि जाहेरीकर्ताले नपोलेको व्यक्तिलाई पक्राउ परेकाहरूले पोलेकै भरमा पक्राउ गरिएको तर त्यसरी नै पोलिएका अन्य व्यक्तिलाई बचाउ गरिएको समेत जिकिर गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro