site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेशको नीति तथा कार्यक्रम भोलि आउने

विराटनगर । कोसी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम भोलि (जेठ ३१ गते) ल्याउने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार दिउँसो १ बजे सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई अनुरोध गरेको छ ।

यसबारे जानकारी गराउँदै तयारी गर्न प्रदेशसभा सचिवालयलाई समेत अनुरोध गरिएको सरकारका प्रवक्ता तथा उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।

नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि सरकारले बजेट अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ । विपक्षी चार दलले अध्यादेशबाट बजेट नल्याउन आग्रह गरेका छन् ।

Global Ime bank

नेकपा (माओवादी केन्द्र) र जसपाले आफ्नो समर्थन फिर्ता लिएसँगै कोसीमा एमालेका हिक्मत कार्की नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu