site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेस प्रदेश सरकारलाई एमालेको पनि सर्मथन
फाइल तस्बिर।

जनकपुरधाम । मधेस प्रदेश सरकारलाई नेकपा (एमाले)ले समर्थन गरेको छ । मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको प्रदेश सरकारलाई एमालेले सर्मथन गरेको हो ।

मंगलबार मुख्यमन्त्री यादवले प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावमा एमालेका उपनेता दीपेन्द्र ठाकुरले सर्मथन गरेका थिए ।

यही जेठ १ गते एमालेले सरकारबाट बाहिरिँदै सर्मथन फिर्ता लिएको थियो । सोही सर्मथन फिर्तापछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै छन् ।

एमालेको समर्थनपछि मुख्यमन्त्रीले शतप्रतिशत विश्वासको मत पाउने सम्भावना छ । अहिले मुख्यमन्त्रीले पेस गरेको विश्वासको प्रस्तावमाथि प्रदेशसभामा छलफल भइरहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro