site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
२२ वर्षीय युवकको ४२ वर्षीया महिलासँग प्रेम : विवाह गर्न दबाब दिँदा प्रेमिकाको हत्या
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । धनुषामा प्रेमीले प्रेमिकाको 'हत्या' गरेका छन् । प्रेमिकाले विवाह गर्न दबाब दिएपछि प्रेमीले हत्या गरेको प्रहरीले जनाएको छ ।

मिथिला बिहारी नगरपालिका–८ तारापट्टीकी ४२ वर्षीया उषा दासको हत्या गरेको आरोप लागेका २२ वर्षीय ओमलाल मण्डललाई मंगलबार धनुषा प्रहरीले सार्वजनिक गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बाराको कलैया नगरपालिका–१८ का मण्डलले जनकपुरधाममा घर बनाउने मिस्त्रीको काम गर्दै आएका थिए । सोही क्रममा तीन वर्षअघि उषासँग चिनजान भएर प्रेम सम्बन्ध सुरु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार ती महिलाले मण्डललाई विवाह गर्न पटकपटक दबाब दिँदै आएकी थिइन् ।

गएको बिहीबार ओमलाल र उषाबीच विवाहकै विषयमा विवाद भएको थियो । ओमलालले रक्सी सेवन गरिरहेको समय विवाद हुँदा उनले उषालाई रडले हानेर घाइते बनाएको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काको भनाइ छ ।

Global Ime bank

उनकाअनुसार उषा एकल महिला थिइन् । उनको उमेर बढी भएकाले ओमलालले विवाह गर्न अस्वीकार गर्दै आएका थिए ।

प्रहरीका अनुसार ओमलाले गत बिहीबार राति तारापट्टीस्थित घरमै घाइते भएकी उषाको घाँटी थिचेर हत्या गरी घर पछाडिको पोखरीको डिलमा गाडेका थिए । शवको तत्काल व्यवस्थापन गर्न उनले कपडा खोलेर नाङ्गै गाडेको प्रहरीले जनाएको छ ।

मृतक महिलाले प्रयोग गर्ने मोबाइल सोही पोखरीमा फालेको पाइएको थियो । लगाएको कपडा पोखरीको अर्को डिलमा गाडेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

राति महिलाको हत्या गरी ओमलाल उनकै घरमा बसी भोलिपल्ट जनकपुरधाम आएका थिए । पैसाको व्यवस्थापन गरी उनी अपराध लुकाउन चितवन गएका थिए । मोबाइल लोकेसनका अधारमा प्रहरीले चितवन प्रहरीको सहयोगमा उनलाई सोमबार पक्राउ गरेर धनुषा ल्याएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement