site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मध्य तथा पश्चिम तराईमा आगामी चौबीस घण्टा उच्च गर्मी हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशका मध्य तथा पश्चिम तराईका भू–भागहरूमा आउँदो चौबीस घण्टा अत्याधिक गर्मी हुने सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र मधेस प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहँदा मध्य तथा पश्चिम तराईमा भने गर्मी यथावत रहने भएको हो । 

गर्मीबाट हुनसक्ने जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आज बिहान कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा  रहेको छ । कोसी तथा वाग्मती प्रदेशका केही स्थानमा साथै मधेस र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ । 

आज दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखी मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Global Ime bank

विभागका अनुसार आज राति कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ०५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय