site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कति हो नेपालको हालसम्मकै उच्च तापक्रम ? यो वर्ष ‘रेकर्ड ब्रेक’ हुने हो ?  
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ को जुन ५ मा धनगढीमा भएको उच्च तापक्रम नै अहिलेसम्म नेपालमा मापन गरिएको सबैभन्दा धेरै गर्मी हो । 

“त्यो समय धनगढीको तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता त्यति धेरै तापक्रम नेपालमा पुगेको छैन,” मौसमविद् वरुण पौडेलले बाह्रखरीसँग भने । 

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौंको अहिलेसम्मको उच्च तापक्रम ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा काठमाडौंको तापक्रम ३६.६ डिग्री सेल्सियस पुगेको र त्यसयता उक्त रेकर्ड ब्रेक नभएको मौसमविद् पौडेल बताउँछन् । 

सन् १९९५ मा नेपालगन्ज र भैरहवामा ४५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । 

Global Ime bank

कतै तातो हावा चल्ने, केही स्थानमा वर्षाको सम्भावना

यो वर्ष नवलपुरको दुम्कौलीमा सबैभन्दा धेरै तापक्रम ४४ डिग्री सेल्सियस मापन गरिएको छ । 

यो वर्ष सन् १९९५ को तापक्रम रेकर्ड ब्रेक हुने खतरा छ ? “दिनकै भारी मात्रामा पोइन्ट एक/दुई हुँदै तापक्रम बढ्ने होइन । त्यसैले १९९५ को रकेर्ड ब्रेक यो वर्ष हुँदैन । हिजो–अस्ति जुन रेन्जमा तापक्रम रह्यो, त्यसकै आसपासमा यो वर्षको तापक्रम रहन्छ,” जवाफमा मौसमविद् पौडेलले भने । मध्य र पश्चिम तराईमा जिल्लामा केही दिन अझै तापक्रम उच्च रहे पनि पूर्वी तराईका भू–भागमा भने अब विस्तारै गर्मी घट्ने उनको भनाइ छ । केही दिनमै मनसुन प्रवेश हुने समय आएकाले पनि अब धेरै तापक्रम नबढ्ने उनको तर्क छ ।

पूर्वी तराईमा बादल देखिन थालिसकेको उनले जानकारी दिए । त्यसैले पूर्वी क्षेत्रमा अब तापक्रम नबढ्ने मौसमविद् पौडेलको भनाइ छ ।  

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  ०७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय