site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रस्तावित प्रधानन्यायाधीशविरुद्धका उजुरीकर्तालाई १० मिनेटका दरले बोल्न दिइने

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनवाइ तालिका परिमार्जन गरेको छ । सोमबार सिंहदरबारस्थित समितिको सभाहलमा बसेको बैठकबाट कार्यतालिका परिमार्जनसहित पारित गरिएको हो ।

यही जेठ ३१ गते कार्कीविरुद्धका उजुरीकर्तालाई समिति बैठकमा बोलाएर छलफल गरिने भएको छ । उजुरीकर्तालाई १० मिनेटका दरले बोल्न दिने तालिका बनाइएको छ ।

Dabur Nepal
NIC Asia

उनीहरूका उजुरीमाथि सुनुवाइ सकिएपछि जेठ ३२ गते प्रस्तावित प्रधानन्यायायाधीश कार्कीलाई समितिमा बोलाएर सुनवाइ गर्ने तालिका तय गरिएको छ ।

समितिले यसअघि यही जेठ ३० र ३१ गते उजुरीकर्तासँग छलफल गर्ने कार्यतालिका प्रस्तुत गरिएको थियो । यस्तै, असार १ गते अन्तिम सुनुवाइ गर्ने कार्यतालिका बैठकमा प्रस्तुत गरिएको थियो ।

गएको शुक्रबारसम्म दिइएको समयसीमामा कार्कीविरुद्ध २९ उजुरी परेका छन् ।

गएको वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । जेठ १६ मा कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको थियो ।

६५ वर्षे उमेरहदका कारण कार्कीले आउँदो साउन २० देखि अनिवार्य अवकाश पाउँदै छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro