site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उजुरीका नाममा ‘स्टन्ट’ हुन सक्ने सांसदको आशंका
फाइल तस्बिर ।

काठमाडौं । संसदीय सुनावाइ समितिका सदस्यहरूले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धको उजुरीमाथि एक दिन मात्र छलफल गर्नुपर्ने बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा नेकपा (एमाले)का सांसद महेश बर्तौलाले उजुरीका नाममा ‘स्टन्ट’ गर्न खोजिएको छ कि छैन भन्ने विषयमा ख्याल गर्नुपर्नेमा जोड दिए ।

“उजुरीकर्तासँग छलफल लामो भयो । एउटै मानिसहरू राजदूत, संवैधानिक आयोग सबैतिर उजुरी दिएको देख्छु । उजुरीको नाममा स्टन्ट गर्ने मानिसहरू २९ जनाभित्र छन् कि छैनन् ?,” उनले भने, “कसैलाई नांगो बनाउन खोजिएको छ कि छैन ? एक दिन मात्र छलफल गरौँ ।”

समितिले यही जेठ ३० र ३१ गते उजुरीकर्तासँग छलफल गर्ने कार्यतालिका बैठकमा प्रस्तुत गरिएको छ ।

नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र कार्कीले पनि उजुरीकर्तासँगै एक दिनमै छलफल सकाउनुपर्ने बताए ।

“लामो छलफलमा जानु पर्दैन । हामी नकारात्मक कुरामा रमाउने समाजमा बढ्दो छ । नाम बताउन नसक्ने उजुरीकर्ताको तथ्य छ भने हेरौँ । तर, त्यस्ता उजुरीको अर्थ छैन । उजुरीका लागि उजुरीको संस्कार बसेको छ । हामीलाई प्राप्त भएपछि अध्ययन गरौँ,” उनले भने, “भोलि एक दिनमै उजुरीकर्ताको छलफल सकौँ । सर्वोच्च अदालतलाई अन्डरमाइन गरेको हो कि ? उहाँ ( हरिकृष्ण कार्की)सँग धेरै समय छैन । एकैदिनमा उजुरी सकौँ ।”

यही जेठ ३२ गते कार्कीलाई बोलाएर छलफल गर्ने कार्यतालिका पनि बैठकमा प्रस्तुत गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro