site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आईसीसीको सबै उपाधि जित्ने अस्ट्रेलिया पहिलो टिम

काठमाडौं । फाइनलमा भारतलाई २०९ रनले हराएर आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेसँगै अस्ट्रेलियन क्रिकेट टिम आईसीसीको सबै प्रतियोगिता जित्ने पहिलो टिम बनेको छ ।

आइतबार इंग्ल्यान्डको द ओभलमा दोस्रो इनिङको पाँचौँ दिन भारतलाई २३४ रनमै समेटेपछि अस्ट्रेलियाले २०९ रनको फराकिलो जितसहित टेस्ट च्याम्पियनसिपको उपाधि जितेको हो ।

पहिलो इनिङमा अस्ट्रेलियाले ४६९ रन बनाएको थियो । पहिलो इनिङमा भारतले २९६ रनमात्र बनाएपछि १७३ रनले पछि परेको थियो । दोस्रो इनिङमा अस्ट्रेलियाले आठौँ दिनसम्म २७० रन बनाएपछि भारतले ४४४ रनको लक्ष्य पाएको थियो ।

Dabur Nepal
NIC Asia

तर, स्पिनर नाथन लायनले चार विकेट लिएपछि भारत २३४ रनमै समेटिएको थियो । भारतलाई सस्तैमा समेट्न अस्ट्रेलियाका लायनले चार विकेट लिए । स्कट बोलान्डले तीन विकेट लिँदा मिचेल स्टार्क र प्याट कुमिन्सले एक विकेट लिए ।

दोस्रो इनिङमा भारतका विराट कोहलीले ४९ रन बनाए । अजिक्या रहाणेले ४६, कप्तान शर्माले ४३, चेतेश्वर पुजाराले २७ र श्रीकर भरतले २३ रन बनाए । सुभमन गिलले १८ र मोहम्मद सामीले अविजित १३ रन थपे ।

त्यसअघि, पहिलो इनिङमा अस्ट्रेलियाका ट्राभिस हेड र स्टिभ स्मिथले शतक बनाएपछि अस्ट्रेलियाले विशाल योगफल खडा गरेको थियो । हेडले १६३ र स्मिथले १२१ रन बनाएका थिए । यसबाहेक, एलेक्स क्यारीले ४८, डेविड वार्नरले ४३ र मार्नुस लाबुसचेन्जले २६ रन बनाएका थिए ।

पहिलो इनिङमा भारतका अजिक्या रहाणेले ८९, शार्दुल ठाकुरले ५१ र रविन्द्र जडेजाले ४८ रन बनाउनुबाहेक अन्यले खुलेर खेल्न पाएका थिएनन् ।

यो जितसँगै अस्ट्रेलियाले आईसीसीको सबैखाले उपाधि जित्ने कीर्तिमान बनायो ।

अस्ट्रेलियाले हालसम्म आईसीसीका नौ उपाधि जितेको छ । यसक्रममा अस्ट्रेलियाले पाँच एकदिवसीय विश्वकप, दुई च्याम्पियन्स ट्रफी र एक ट्वान्टी–२० विश्वकपको उपाधि जितेको छ ।

अस्ट्रेलियाले कहिले के जित्यो ?

सन् १९८७ : एकदिवसीय विश्वकप
१९९९ : एकदिवसीय विश्वकप
२००३ : एकदिवसीय विश्वकप
२००६ : च्याम्पियन्स ट्रफी
२००७ : एकदिवसीय विश्वकप
२००९ : च्याम्पियन्स ट्रफी
२०१५ : एकदिवसीय विश्वकप
२०२१ : ट्वान्टी–२० विश्वकप
२०२३ : विश्व टेस्ट च्याम्पियनसिप ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro