site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से ४० अंकले बढ्यो, साढे तीन अर्बको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । गत सातको अन्तिम कारोबार दिनको तुलनामा नेप्से परिसूचक २.०९ प्रतिशतले वृद्धि भएर १९८०.०९ विन्दुमा रोकिएको छ ।

यसदिन नेप्से परिसूचक ४०.४८ अंकले वृद्धि भएको छ भने कारोबार रकम एक अर्ब १५ करोडभन्दा बढीले वृद्धि भएको छ । गत साताको अन्तिम दिन दुई अर्ब ३० करोड रुपैयाँको सेयर करोबार भएकोमा यसदिन तीन अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आज २७५ धितोपत्रको ९५ लाख २८ हजार २५५ कित्ता खरिद–बिक्री भएको छ ।

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आजदेखि दोस्रो बजारमा कारोबारमा आएको सिटी होटल लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

नागरिक लगानी कोषको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ११ करोड ४७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । त्यस्तै, सर्वाधिक सेयर कारोबार हुने दोस्रोमा शिवम् सिमेन्ट रहेको छ । यो कम्पनीको १० करोड ८७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा फाइनान्स समूह रहेको छ । यो समूहको परिसूचक ५.७२ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ । 

त्यस्तै, परिसूचक सार्वाधिक वृद्धि हुनेमा लगानी समूहको परिसूचक ५.११ प्रतिशत रहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro