site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
नेकपा ब्युँताउन माधव नेपालको आह्वान
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गरेका छन् । शनिबार एकीकृत समाजवादी भक्तपुरको प्रथम जिल्ला अधिवेशनमा उनले यस्तो बताएका हुन् ।

सबै मिलेर अघि बढ्ने भए तत्कालीन नेकपा ब्युँताउन आफू तयार रहेको उनले स्पष्ट पारे । उनले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तयार भए तत्कालीन नेकपा ब्युँताउन सकिने बताए ।

Dabur nepal
Agni Group

एमाले अध्यक्ष ओलीले ७० वर्षको उमेरहद हटाएर आफू कुर्सीबाट हट्न नचाहेको आरोप पनि उनले लगाए । आफू ७० वर्ष कटेपछि पार्टीको पदमा नबस्ने उनको भनाइ छ ।

अध्यक्ष नेपालले नेपालको राजनीति प्रतिगामी दिशामा लैजाने कोसिस भइरहेको पनि बताए । उनले राजावादीले टाउको उठाउने कोसिस गरे पनि सफल हुन नदिइने उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro