site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारको कामबाट भ्रष्टहरू अत्तालिए : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गरेपछि भ्रष्टहरू अत्तालिन थालेको बताएका छन् । शनिबार दिउँसो नुवाकोटको लाकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘‘सिंहदरबारलाई जनताको घरदैलोमा ल्याउन हामीले ठूलो संघर्ष गर्‍यौँ । त्यसको बलमा मात्र सिंहदरबार गाउँघरमा आएको हो । यसले स्थानीय क्षेत्रको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ,’’ उनले ‘‘तर, एउटा वर्गलाई यो कुरा मन परेको छैन । यसलाई फेरि फर्काएर सिंहदरबारमा के गरी लैजाने होला भन्नेहरू पनि छन् । सरकारले एकपछि अर्को राम्रो काम गरेपछि भ्रष्ट तत्त्वहरू अत्तालिएका छन् । राम्रो गर्दै नगर्ने, राम्रो गर्नै नदिने तत्त्वहरू विरोधका लागि विरोध गरिरहेका छन् । तपाईं हामी सचेत हुन जरुरी छ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

विकासमा राजनीतिक पूर्वाग्रह राख्न नहुनेमा उनले जोड दिए । विकासका लागि राजनीतिक सहमति र राष्ट्रिय संकल्प चाहिने उनले बताए ।

अर्थतन्त्रको चुनौतीबीच पनि नीति तथा कार्यक्रम र बजेटमा अधिकतम सन्तुलन मिलाएको उनले सुनाए । कृषिलाई उच्च प्राथमिकता दिइएको भन्दै उनले उत्पादन र उत्पादकत्व प्रवर्द्र्धन गर्ने नीति लिएको जानकारी दिए ।

Global Ime bank

सरकार भ्रष्टाचारका विरुद्ध कठोर रूपमा प्रस्तुत भएको भन्दै उनले भ्रष्टाचारविरोधी अभियानले निरन्तरता पाउने उल्लेख गरे । ‘‘सरकार भ्रष्टाचारविरुद्ध कठोर रूपमा प्रस्तुत भएको छ । यो कुनै मुद्दामा मात्र होइन, देशमा सुशासन स्थापित गर्न हामी थप दृढताका साथ अघि बढ्छौँ,” उनले भने, “भ्रष्टाचारविरोधी अभियान निरन्तर अगाडि बढ्छ । सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गर्छौँ ।’’

योपटकको आफ्नो भारत भ्रमणका क्रममा महत्त्वपूर्ण सहमति भएको जिकिर उनले गरे ।

‘‘यसपटकको भारत भ्रमण देशको स्वाधीनता, विकास र समृद्धिका पक्षमा महत्त्वपूर्ण सहमति भएका छन् । इतिहासमा पहिलोपटक देशको शिर ठाडो पारेर फर्किएको छु,’’ प्रधानमन्त्रीले प्रचण्डले भने, ‘‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमा समस्या सम्बोधन गर्ने सार्वजनिक प्रतिबद्धता जनाउनुभएको छ, यो ठूलो कुरा हो । यो सिंगो राष्ट्रका लागि गौरवको विषय हो । २६ वर्षदेखि रोकिएको पञ्चेश्वर परियोजना तीन महिनाभित्र अगाडि बढाउने सहमति भएको छ । १० वर्षमा १० हजार विद्युत् निर्यात गर्ने गरी सम्झौता भएको छ । वैकल्पिक हवाईमार्गका लागि सकारात्मक छलफल भएको छ । अन्य महत्त्वपूर्ण परियोजनामा पनि सहमति भएको छ । यो देशका लागि दूरगामी महत्त्वको उपलब्धि हो ।’’भ्रष्टाचार

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय