site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
अहिलेसम्म ७ अभियुक्तको बहस सकियो, तीन दिनमा ११ जनाको सकिएला ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबारसम्म सातजना अभियुक्तको थुनछेक बहस सकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारबाट भएको थुनछेक बहस सुरु भएको थियो । 

Dabur nepal
Agni Group

मंगलबारसम्म सरकारी वकिल तथा जाहेरवालाको तर्फबाट बहस भएको थियो । बुधबारबाट अभियुक्तहरूको तर्फबाट बहस सुरु भएको थियो । 

शुक्रबारसम्म अभियुक्तमध्येका केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंक गुरुङ, इन्द्रजित राई र टोपबहादुर रायमाझीका कानुन व्यवसायीहरूले बहस गरेका छन् । कानुन व्यवसायीहरूले आफ्ना पक्षलाई साधारण तारेख वा सामान्य धरौट माग गरिरहेका छन् । 

आइतबार पनि थुनछेक बहसले निरन्तरता पाउने छ । आइतबार अभियुक्तमध्येका सन्दीप रायमाझीका कानुन व्यवसायले बहस गर्नेछन् ।

न्यायाधीश न्यौपानेले बहसको पहिलो दिन नै अभियुक्तहरूका कानुन व्यवसायीलाई आगामी मंगलबार (जेठ ३०) भित्र बहस सक्न भनेका थिए । जसअनुसार अब बाँकी रहेका ११ जनाको बहस अबको तीन दिनभित्र सकिने छ ।

बुधबार सरकारी वकिलले जवाफी बहस गर्ने छन् । त्यसपछि इजलासले थुनछेक आदेश दिने छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu