site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समाजमा भ्रष्टाचारको नांगो रूप देखिन थाल्यो : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रूप देखिएको टिप्पणी गरेका छन् । 

शुक्रबार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाली राजनीतिमा सबैभन्दा चर्को रूपमा भ्रष्टाचारको प्रवृत्ति देखिएको बताएका हुन् । 

पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचार रहेको भन्दै उनले नेपालमा बिनापैसाको कुनै काम नहुने अवस्था आएको बताए । 

जनतालाई पीडा दिने र शोसक सामन्तहरू र दलाल पुँजीहरू हाबी हुन पुग्ने, इमान्दार र असल मानिस पाखा लाग्नुपर्ने स्थिति सिर्जना भएको उनले बताए ।  

"अहिले नेपाली राजनीतिमा सबैभन्दा चर्को कुरा भ्रष्टाचारको प्रवृत्ति देखिएको छ । पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचारले काम गरेको छ । बिनापैसाको कुनै काम नहुने स्थिति छ," उनले भने, "अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नांगो रूप आएको छ । असल बन्नसके, भ्रष्टाचारका विरुद्ध उभिन सके बल्ल सत्य ठहरिन्छ," । 

अध्यक्ष नेपालले अहिले पुनः प्रतिगामी शक्तिहरू सल्बलाएको बताए । वंशको शासनलाई फर्काउने दुष्प्रयास भइरहेको उनको भनाइ छ । 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro