site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री 
फाइल तस्बिर
Argakhachi Cement Island Ad

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि उठेका प्रश्नको जवाफ दिने भएका छन् । 

बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा अर्थमन्त्री डा. महतले राष्ट्रियसभा सदस्यहरूले बजेटका बारेमा उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । 

जेठ १५ गते संसद्को संयुक्त बैठकमा प्रस्तुत बजेटमाथि पक्ष÷विपक्षमा सांसदहरूले धारणा राख्नेक्रम जारी छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०८:५६
प्रतिक्रिया दिनुहोस्