site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवाको नोटिसमा इतर समूहको 'रूपान्तरण अभियान', कारबाहीको डरले रोकिएला ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेताहरूले चलाएको 'रूपान्तरण अभियान'लाई लिएर संस्थापन पक्षले असन्तुष्टि जनाएको छ । पार्टीभित्र छलफलै नगरी आन्तरिक असन्तुष्टि छताछुल्ल पारेर पार्टीलाई कमजोर बनाउन इतर समूहले अभियान चलाको बझुाइ संस्थापन पक्षको छ । 

कांग्रेस रूपान्तरणका लागि भन्दै संस्थानप इतर पक्ष निकट नेताहरूले जेठ ११ गते मधेस प्रदेशको राजधानी जनकपुरबाट अभियान थालेका थिए । उनीहरूले चार प्रदेशमा कार्यक्रम गरिसकेका छन् ।

तर, अभियानका गतिविधिलाई पार्टी सभापति शेरबहादुर देउवा स्वयंले विशेष निगरानी गरिरहेको उनी नेताहरू बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पार्टी प्रचार विभाग प्रमुख तथा केन्द्रीय सदस्य मीन विश्वकर्माले इतर समूहनिकट नेताहरूले चलाइरहेको अभियानले पार्टीलाई नै कमजोर बनाउने काम गरेको बताए । पार्टी नेतृत्वसँग परामर्श नै नगरी अभियानका नाममा पार्टीका कमजोरी ओकल्ने काम भइरहेको विश्वकर्माको आरोप छ । 

“सुरुमा केन्द्रीय समितिमा नभएका साथीहरू लाग्नुभएको थियो, पछि केन्द्रीय सदस्यहरू पनि लाग्नुभयो । यस पार्टीसँग केही असन्तुष्ट विषयहरूलाई सार्वजनिक रूपमा व्यक्त गर्ने हिँड्नुभएको हो,” विश्वकर्माले बाह्रखरीसँग भने, “पार्टीको परामर्शमा भएको कार्यक्रम पनि हैन । नेताहरूलाई कुनै कुरा थाहा पनि छैन । सोधपुछ पनि भएको हैन । उहाँहरू आफूखुसी हिँड्नुभएको छ ।”

Global Ime bank

अभियानले देशका विभिन्न ठाउँमा गएर पार्टी नेतृत्वमाथि अनावश्यक प्रश्न उठाइरहेको संस्थापन पक्षको भनाइ छ । प्रचार विभाग प्रमुख विश्वकर्मा यसले पार्टीलाई घाटा भएको बताउँछन् । उनले एक–अर्कालाई हिलो छ्याप्ने क्रियाकलाप प्रत्युत्पाक भइरहेको बताए ।

“यसले पार्टीलाई उल्टो घाटा गरेको छ । पार्टी पङ्क्तिमा निराशा छाएकाले हामी निराशा भएका साथीहरूमा उत्साह भर्न हिँडेको भन्नुभएको छ,” विश्वकर्माले थपे, “तर, उहाँहरूले पहिरो रोक्न भनेर हिँड्ने पहिरो यसरी गयो भनेर अत्याउने काम गरिरहुनभएको छ । यो चाहिँ विरोध गरेको हिँडेको कुरा प्रत्युपातक भएको देखिन्छ । उहाँहरूका लागि, पार्टी पद्धति र विधि पद्धतिका लागि पनि यो अभियान पक्षमा छैन, विरुद्ध छ ।” 

पार्टी नेतृत्वका कारण 'स्वर्णिम इतिहास' बोकेको कांग्रेस कमजोर र महत्त्वहीन बनेको निष्कर्ष निकालेका इतर समूहका नेताहरूले अभियान सञ्चालन गरेका हुन् । उनीहरूले कांग्रेसका कमजोरीहरूको फाइदा 'अलोकतान्त्रिक शक्ति'हरूले उठाएको निष्कर्ष निकालेका छन् । 

देशको राजनीतिमा उग्रवामपन्थी र दक्षिणपन्थी शक्तिहरूको उदय भएकाले अब कांग्रेसले आफ्नो इतिहासलाई साक्षी राखेर 'नयाँ कांग्रेस' निर्माण गर्नुपर्ने आवश्यकताका साथ अभियान घोषणा गर्नुपरेको नेता गुरूराज घिमिरे बताउँछन् । 

अभियान्ता भन्छन्– आफू पनि नगर्ने, विरोध पनि गर्ने !

'जमेको पोखरी' भएको कांग्रेसको चाल, चरित्र र चेहरा बदल्न अभियान थालिएको अभियान्ताहरूको भनाइ छ । अभियानमा सहभागी केन्द्रीय सदस्य मधु आचार्यले अहिलेसम्म चार प्रदेशमा कार्यक्रम सम्पन्न भइसकेको र बाँकी प्रदेशमा छिट्टै कार्यक्रम गरिने जानकारी दिए । 

आफूहरूको अभियानले नयाँ आशाको सञ्चार भएको उनको दाबी छ । “उत्साहजनक सहभागितामा हामीले अभियान चलाइरहेका छौँ । साथीहरूमा नयाँ आशाको सञ्चार भएको छ,” अचार्यले बाह्रखरीसँग भने, “उपल्लो तहका नेताहरू हामीले उठाएको मुद्दाको पक्षमा भए पनि प्रत्यक्ष सहभागी हुन असहज मान्ने गर्नुहुन्छ । तर, तल्लो तहका नेताहरूमा यही अभियानले कांग्रेस बचाउने आशा छ । पार्टीलाई पुनर्जीवन दियोस्, विचलित भएकाहरूलाई नयाँ बाटो देखाउने काम गरोस् भन्ने आवाज छ ।”

विधिसम्मत पार्टी चलेपछि बाध्य भएर आफूहरूले अभियान थालेको नेताहरू बताउँछन् । विशेष गरी पार्टी सभापतिले पार्टीकै नेताहरूको कुरा नसुन्ने, एकलौटी गर्ने, बैठक नबोलाउने, दुई महिनामा बस्नुपर्ने केन्द्रीय समिति बैठक ९ महिनासम्म नबोलाउने, विधानले नचिन्ने पदाधिकारी र पूर्वपदाधिकारीको बैठक निजी निवासमा राख्ने गरेको भन्दै संस्थापन इतर समूहका नेताहरू आक्रोशित छन् । 

उसो त संस्थापन पक्षका केन्द्रीय सदस्यहरू पनि बैठक नबसकेप्रति सन्तुष्ट छैनन् । तर, केहीबाहेक अधिकांश बोल्नै डराउँछन् । 

केन्द्रीय सदस्य आचार्य कार्यकर्तामा चरम निराशा छाएको र पलायन बढेको समयमा थालिएको अभियानको स्वागत गर्नुपर्ने बताउँछन् । तर, उल्टै नेतृत्वले नै यसको विरोध गर्नु विडम्बना भएको उनको गुनासो छ । 

“पार्टी रूपान्तरण र परिवर्तन गर्ने हुटहुटी उहाँहरूलाई हुनुपर्ने हो । यसको नेतृत्व लिएर हामीलाई आदेश दिनुपर्ने पनि उहाँहरूले नै हो,” आचार्यले भने, “उहाँहरूबाट नभएपछि हामीले जनतामा देखिएको निराशा पार्टी छोड्ने निष्क्रिय बस्ने पद्धति बढ्दै गएपछि हामीले आफूलाई सम्हाल्न सकेनौँ र आफैँ मिलेर पार्टीलाई रूपान्तरण गर्नका लागि केही न केही गर्नुपर्छ भन्ने भएपछि उपलब्ध भएका साथीहरू बसेर हामी कार्यकर्तामाझ गएका हौँ ।”

अभियान्तालाई प्रश्न– कारबाहीको डर छैन ?

सभापति देउवा निकट सहमहामन्त्री फरमुल्लाह मन्सुर लोकतान्त्रिक दलमा सबैलाई गतिविधि गर्ने छुट भएको बताउँछन् । तर, यसको सकारात्मक र नकारात्मक पक्षको विषयमा आफू नबोल्ने उनले बताए ।

“मलाई भन्दा पनि उहाँहरूले गरेको कार्यक्रम हो उहाँहरूकै धारणा लिन उपयुक्त हुन्छ । लोकतान्त्रिक पार्टीमा गतिविधि गर्न नपाइने भन्ने हुँदैन,” उनले बाह्रखरीसँग भने । 

पार्टीको छवि धुमिल बनाउन नक्कली भुटानी शरणार्थी काण्डले पनि ठूलो भूमिका खेलेको छ । देउवाका विश्वासपात्र बालकृष्ण खाँणविरुद्ध मुद्दा चल्नु, प्रमाणित नभए पनि केन्द्रीय सदस्य तथा आफ्नै पत्नी आरजु राणा र खाण पत्नी मञ्जुको नाम जोडिनुले पनि पार्टीलाई ठूलो धक्का लागेको छ । तर, नेतृत्व आफ्नो कमजोरी सुधार गर्नुभन्दा पनि जनतासँग जोडिएको विषयमा शंका गरेर बसेको छ ।

केन्द्रीय सदस्य विश्वकर्मा अहिले संस्थापन इतर समूहका नेताहरूले गरेको गतिविधिलाई सभापति स्वयम्ले एकदमै सुक्ष्म ढंगले निगरानी गरिरहेको बताउँछन् । 

“केन्द्रीय समिति बैठक बसेर भएका असन्तुष्टि र समस्याहरूमा छलफल गर्नुपर्छ । केही नेताहरूलाई भ्रातृ संस्थाको जिम्मेवारी दिँदासमेत छाडेर अभियान भन्दै हिँड्नुभएको छ,” विश्वकर्माले भने, “जिम्मेवारी पाएका नेताहरू पनि किन गठन भएन भन्दै हिँडेको देखिन्छ । त्यसकारण पार्टीले गर्नुपर्ने जिम्मेवार पदमा बसेर काम नगर्ने अनि हल्ला गर्दै साथीहरू अव्यस्थित ढंगबाट हिँड्नुभएको छ, यसलाई केन्द्रीय नेतृत्व र स्वयं सभापतिले पनि जानकारी नोटिसमा लिनुभएको छ।”

तर, यस अभियानलाई नेता शेखर कोइराला, महामन्त्री गगन थापालगायत रूपान्तरणको पक्षधरहरूले भने अपनत्व लिएका छन् । 

अभियान्ता तथा इतर समूहका नेता भुपेन्द्रजंग शाही अभियानले पार्टीभित्र बैचारिक संवादलाई अघि बढाएको र पार्टीमा माथिल्लो तहका र तल्ला तहका नेताहरूबीच कमजोर भएको संवादलाई जोडेको दाबी गर्छन् । अभियान अराजकताका लागि नभएको भन्दै उनले कारबाहीको डरले नरोकिने बताए । 

“अराजक भएर जादैनौँ । हामीले जनताको कुरा सुन्न गएका हौँ । पहिले सात प्रदेश त्यसपछि जिल्ला र वडा तहसम्म हाम्रो पुग्ने तयारी हो,” उनले भने, “हामी प्रतिवेदन तयार गर्छौं र केन्द्रीय नेतृत्वलाई बुझाउँछौँ ।”

आगामी '१५औँ महाधिवशेनको तयारी हो ?' भन्ने प्रश्नमा शाही विशुद्ध पार्टी कार्यकर्ताको राय र भावना बुझ्ने 'महान अभियान' भएको बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC