देश
काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका–५ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४७ वर्षीय लक्ष्मी सरदार रहेका छन् । आज बिहान साढे १० आफ्नै घर पछाडि रहेको रुखमा आँप झार्ने क्रममा अचानक बिजुलीको तारमा छुन पुक्दा करेन्ट लागि घाइते भएका थिए ।
घाइते सरदारको उपचारको लागि रंगेली अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० २०:३८
प्रतिक्रिया दिनुहोस्