site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मुलुकको विकास मोडेलबारे पुनर्विचार गर्नुपर्छ, एकपटक आर्थिक क्रान्ति आवश्यक : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिलेसम्म चल्दै आएको मुलुकको विकास मोडेलबारे पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार बुटवलमा लुम्बिनी केबलकारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्मका योजनाबद्ध विकासका प्रयासबाट उत्पादन र रोजगारीको क्षेत्रको प्रगति उत्साहजनक नभएको भन्दै विकास मोडेलबारे पुनर्विचार गर्न आवश्यक रहेको बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री प्रचण्डले देशको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेकाले उनीहरूलाई विश्वासमा लिएर देशमा लगानीका सम्भावनाहरूलाई हर समय खुला राख्ने पक्षमा आफू रहेको बताए । उनले कोरोना महामारीको मारबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन एकपटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था आएको पनि बताए ।

प्रधानमन्त्रीले मुलुकको अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी निजी क्षेत्रकै सुझावलाई सरकारले हालै सार्वजनिक गरेको आगामी वर्षको बजेटमा पनि समेटेको बताए । 

Global Ime bank

उनले पर्यटन क्षेत्रको बहुआयमिक विकासका लागि भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, होटललगायत पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटकको बसाइ लम्ब्याउन आवश्यक पर्ने नीति अवलम्बन गरिने पनि बताए । 

उनले हालैको भारत भ्रमणका क्रममा पनि नेपालमा लगानीका लागि भारतीय उद्योगी व्यवसायीहरूलाई आह्वान गरेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement