site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी हुन ‘लू’को उच्च जोखिममा रहेका जिल्ला
फाइल तस्बिर ।

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन ‘लू’ (तातो हावा) चल्न सक्ने भन्दै सतर्कताका लागि आग्रह गरेको छ । देशका विभिन्न जिल्लामा ‘लू’को जोखिममा रहेको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि तापक्रम बढिरहेको छ । अधिकांश तराईका जिल्लाहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको महाशाखाले जनाएको छ ।

Dabur Nepal
NIC Asia

हाल तल्लो र उपल्लो वायुमण्डलको अध्ययन तथा विश्लेषण गर्दा अझै केही दिन वर्षाको सम्भावना नदेखिएका कारण तापक्रम बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले ‘लू’को जोखिममा रहेका जिल्लाहरूलाई तत्काल ‘एक्सन’ लिनुपर्ने, तयारी अवस्थामा रहनुपर्ने, तापक्रमबारे अपडेट भइरहनुपर्ने र जोखिम नरहेका गरी चार वर्गमा विभाजित गरेको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्लालाई ‘लू’को जोखिममा रहेका र तापक्रमबारे अपडेट भइरहनुपर्ने वर्गमा राखिएको छ । तराईका पाँच जिल्ला – झापा, मोरङ, बर्दिया, कैलाली र कञ्चनपुरलाई पनि यही वर्गमा राखिएको छ ।

यस्तै, तराईका सुनसरी,  सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (दुवै), रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेलाई तुरुन्तै एक्सन लिनुपर्ने जोखिममा रहेका जिल्लामा राखिएको छ ।

पहाडी जिल्लाहरू, उपत्यका र खोचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्ने सम्भावना रहेकाले मौसमसम्बन्धी सूचना तथा पूर्वानुमानबारे अपडेट रहिरहन महाशाखाले आग्रह गरेको छ ।

adfg1686206297.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro