अर्थ व्यवसाय
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले प्राथमिक सेयर निष्कासन गर्न निवेदन दिने कम्पनीहरूलाई ४५ दिनमा नै स्वीकृति दिने गरी काम भइरहेको बताएका छन् ।
बोर्डको ३१औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले आउँदा दिनमा अनलाइनबाटै सबै कागजपत्र पेस गर्ने ‘प्लेटफर्म’ बनाइने बताए ।
बोर्डले डिजिटल टेक्नोलोजीलाई प्राथमिकता दिई ‘पेपरलेस’ सेवालाई अगाडि बढाएको उनले जानकारी दिए ।
कमोडिटी एक्सचेन्ज यो वर्षभित्रै सञ्चालनमा ल्याइने पनि उनले बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० ०९:४५
प्रतिक्रिया दिनुहोस्