site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बंगलादेशमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, १२ घाइते
प्रतीकारात्मक तस्बिर ।

ढाका । बंगलादेशको सिलेट जिल्लामा बुधबार ट्रक र पिकअप भ्यान एकआपसमा ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् ।

सिलेटको दक्षिण सुर्मा प्रहरी चौकीका इन्स्पेक्टर मोहम्मद अबुल हुसेनले दुर्घटनाको पुष्टि गर्दै भने, “दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राजधानी ढाकाबाट करिब २४० किलोमिटर उत्तरपूर्वमा रहेको सो जिल्लामा स्थानीय समयअनुसार बिहान ६ः०० बजे भएको सडक दुर्घटनामा परी केही मजदुर गम्भीर घाइते भएका छन् ।

घाइते सबैलाई स्थानीय अस्पताल र क्लिनिकमा लगिएको र दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको उनले बताए ।

बंगलादेशमा सडक दुर्घटनाका कारण हुने मृत्युदर विश्वमै सबैभन्दा बढी छ । कमजोर राजमार्ग, खराब सवारी साधन, चालकहरूले ट्राफिक नियमको उल्लंघन गर्नु र ट्राफिक विभागको अनुगमनको कमी हुनु यहाँको दुर्घटनाको मुख्य कारण हुने गरेका छन् ।

बंगलादेशमा मुस्लिम धर्मावलम्बीको इद उल फित्र पर्वको दौडान अप्रिल १५ देखि अप्रिल २९ सम्म ३०४ वटा सवारी दुर्घटनामा परी ३२८ जनाको मृत्यु भएको छ भने ५६५ जना घाइते भएका छन् । रासस/सिन्ह्वा

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  २०:२७
प्रतिक्रिया दिनुहोस्