
काठमाडौं । ताइवानी ब्रान्ड प्रोमेटका विभिन्न उत्पादनहरु नेपाली बजारमा सार्वजनिक भएका छन् । सेल्लुसिटी इन्टरनेसनल प्रालिले प्रोमेटका इयर पड्स, हेडफोन, ब्लुटुथ स्पिकर, स्मार्ट वाचलगायतका उपकरणहरु नेपाल भित्र्याएको हो ।
बुधबार काठमाडौंमा एक कार्यक्रममार्फत सेल्लुसिटी इन्टरनेसनलले जुन १५ सम्म दराज अनलाइन स्टोरमा विशेष छुटका साथ ब्रिकी खुला गर्दै ब्रान्ड नेपाल भित्र्याएको जानकारी दिएको हो ।
सन् २००१ मा स्थापना भएको प्रोमेटले हालसम्म लाखौँ ग्राहकहरुको माया र प्रविधि क्षेत्रका थुप्रै पुरस्कारहरु पनि प्राप्त गर्न सफल भएको कम्पनीले जनाएको छ ।
सेल्लुसिटीले नेपाली बजारमा स्मार्टफोन केस, ब्लुटुथ स्पिकर, एप्पल मोबाइलका उपकरण डाटा केबल, कार चार्जर, इयर पड्स, हेडफोन, यूएसबी हब र स्मार्ट वाच भित्र्याएको हो । सेल्लुसिटीले सम्पूर्ण उपकरणमा २४ महिना र स्मार्ट वाचमा १२ महिनाको वारेन्टी दिएको छ ।
जेठ ३२ सम्म उद्घाटन अवधिभर दराज फ्लास सेलमार्फत आफ्ना सामग्री खरिद गर्ने दुईजनालाई एक-एकवटा सुनको सिक्का दिने कम्पनीले बताएको छ ।
यस्तै, पहिला १५० ग्राहकलाई ३० प्रतिशत छुट र लक्की ड्रमार्फत पाँचजनालाई प्रोमेटका सामग्री केवल ९९ रुपैयाँमा प्रदान गर्ने अफर समेत ल्याएको कम्पनीले जनाएको छ । अफर दराज अनलाइन स्टोरमा जेठ ३२ सम्म लागु रहने कम्पनीले बताएको छ ।