site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्सेसँगै बढ्यो कारोबार रकम
Tiktok banner adTiktok banner ad

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार ४.६८ अंकले वृद्धि भएको छ । मंगलबार २५.६६ अंकले वृद्धि भएको नेप्से बुधकारको कारोबारमा पनि बढेर बन्द भएको छ ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । मंगलबार एक अर्ब ९८ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यसदिन दुई अर्ब ३६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ०.२४ प्रतिशतले वृद्धि भएर १९३२.३३ विन्दुमा बन्द भएको हो ।

आज युनिक नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीले थप सेयर (एफपीओ) निष्कासन गरेको थियो । यो कम्पनीको सेयर मूल्य १२३ रुपैयाँ वृद्धि भएर प्रतिकित्ता एक हजार ३५३ रुपैयाँ कायम भएको छ ।

होटेलको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको १० करोड १३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । त्यस्तै सर्वाधिक सेयर कारोबार हुने दोस्रोमा शिवम् सिमेन्ट रहेको छ । यो कम्पनीको आठ करोड ९७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये पाँचवटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा व्यापार समूह रहेको छ । यो समूहको परिसूचक ४.९७ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।

त्यस्तै, सर्वाधिक परिसूचक घट्नेमा म्युचुअल फन्ड समूहको परिसूचक रहेको छ । यो समूहको परिसूचक ०.६२ प्रतिशतले वृद्धि भएको छ ।

आज २६१ धितोपत्रको ६५ लाख ४१ हजार ३८८ कित्ता खरिद–बिक्री भएको तथ्यांक छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro