site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बेन्जेमा साउदी च्याम्पियन अल इत्तिहादसँग अनुबन्ध
Sarbottam CementSarbottam Cement

काठमाडौं । बालोन डी’ओर विजेता करिम बेन्जेमा पछिल्लोपटक साउदी अरेबिया क्लबसँग अनुबन्ध हुने सबैभन्दा नयाँ ठूला नामका खेलाडी बनेका छन् । रियाल मड्रिडका स्ट्राइकर बेन्जेमा मंगलबार स्वतन्त्र एजेन्टको रूपमा साउदी क्लब अल इत्तिहादसँग अनुबन्ध भएका हुन् । 

फ्रान्सका बेन्जेमाले यसै साता रियालसँगको १४ वर्षे यात्रा अन्त्य गर्ने घोषणा गरेका थिए । त्यसपछि बेन्जेमाले साउदी प्रो लिग च्याम्पियन अल इत्तिहादसँग तीन वर्षको सम्झौता गरेका हुन् । उनले अल इत्तिहादमा पनि नौ नम्बरकै जर्सी लगाउने भएका छन् ।

“फरक देशमा नयाँ फुटबल लिगको अनुभव गर्न पाउँदा उत्साहित छु । आफ्नो करियरमा अद्भभूत चिजहरू हासिल गर्नुका साथै स्पेन र युरोपमा मैले गर्न सक्ने सबै कुराहरू हासिल गर्न सकेकोमा आफूलाई भाग्यमानी ठानेको छु,’’ बेन्जेमाले भने, “अब यो नयाँ चुनौती र परियोजनाको लागि उपयुक्त समय हो जस्तो लाग्छ । म नयाँ टिमका साथीहरूसँग सामेल हुनको लागि उत्सुक छु । उनीहरूसँग मिलेर यो अद्भूत क्लब र साउदी अरेबियाको खेललाई नयाँ स्तर पुर्‍याउन मद्दत गर्ने छु ।’’

Prabhu Bank
Agni Group
NIC Asia

Benzema (1)1686106541.jpeg

बेन्जेमाले आफ्नो रियालका पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डोको पथ पछ्याएका छन् । पोर्चुगलका फरवार्ड रोनाल्डोले गत डिसेम्बरमा अल नासरसँग अनुमानित २० करोड युरोभन्दा बढी रकममा सम्झैता गरेका थिए । 

Global Ime bank

बेन्जेमा सन् २००९ मा ओलम्पिक लियोनाइसबाट रियालमा आबद्ध भएका थिए । रोनाल्डोले २०१८ मा रियाल छाडेर युभेन्टस गएपछि स्पेनि क्लबमा बेन्जेमाले आक्रमण पंक्तिको नेतृत्व गरेका थिए । बेन्जेमाले रियालबाट पाँचपटक च्याम्पियन्स लिग र चारपटक ला लिगाको उपाधि जितेका छन् । 

बेन्जेमाले २०२१–२२ मा रियालसँग आफ्नो उत्कृष्ट सिजन बिताए । उक्त सिजन उनले सबै प्रतियोगितामा गरी ४४ गोल गरे ।  क्लबलाई कीर्तिमानी १४औँ च्याम्पियन्स लिगको उपाधि र स्पेनिस ला लिगा जिताएका थिए । त्यही प्रदर्शनका लागि फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले बेन्जेमालाई ६ वर्षपछि राष्ट्रिय टिममा समावेश गरेका थिए । म्याथ्यु वाल्बुएना सेक्स टेप स्क्यान्डलमा संलग्नता भएको आरोपमा उनलाई टिमबाट हटाइएको थियो । 

३५ वर्षे बेन्जेमाले गत वर्ष विश्व फुटबलकै सबैभन्दा प्रतिष्ठित बालोन डी’अर अवार्ड जितेका थिए । चोटका कारण गत वर्ष कतारमा सम्पन्न विश्वकपमा उनी फ्रान्सको टिममा परेनन् । 

बेन्जेमाले अझै एक सिजन रियालमा बिताउने अनुमान गरिएको थियो । र, बेन्जेमाले पनि त्यही संकेत गरेका थिए । तर, साउदी क्लबको राम्रो प्रस्तावपछि उनले आफ्नो निर्णय पुनर्विचार गर्न बाध्य भए । 

अल–इत्तिहादले सन् २००९ पछि पहिलोपटक साउदी प्रो लिगको उपाधि जितेको थियो । अत्तिहादले भनेको छ, “बेन्जेमाको आगमन क्लब इतिहासमा अहिलेसम्मकै सबैभन्दा प्रभावकारी स्थानान्तरण हो । यो साउदी प्रो लिगलाई विश्वकै उत्कृष्त गन्तव्य बनाउनका लागि अर्को ठूलो कदम हुनेछ ।’’

Benzema (2)1686106534.jpeg

अल इत्तिहाद क्लबका अध्यक्ष अनमार अलहाइलेले बेन्जेमाको आगमन क्लबका लागि ठूलो उपलब्धि भएको बताए । उनले भने, “बेन्जेमा विश्व फुटबलको एक आइकन हुन् । उनी अहिले उत्कृष्ट लयमा छन् । उनी मैदानभित्र र बाहिर दुवैमा ठूलो महत्त्वाकांक्षा भएको देश तथा अत्यधिक प्रतिस्पर्धी लिगमा सामेल भएका छन् ।’’

आगामी साताभित्र अन्य केही ठूला खेलाडी पनि साउदी प्रो लिगका क्लबहरूसँग अनुबन्ध हुने सम्भावना छ । त्यसमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसीको नाम पनि समावेश छ । रोयटर्सका अनुसार मेसी अर्को सिजनका अल–हिलालसँग अनुबन्ध हुने सम्भावना छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ०८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC