site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सदनमा ओलीको दुई घण्टा
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा सोमबार पनि आफ्नो धारणा राखेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणको क्रममा उठेका प्रश्न र नागरिकता विधेयकको जवाफ दिएपछि ओलीले काउन्टरमा बोलेका थिए ।

सत्तारुढ सांसदहरूका अनुसार उनले बोल्ने तय भएको थिएन । सभामुख देवराज घिमिरेको तजबिजमा बोल्न पाएका थिए ।

Agni Group

ओलीले मंगलबार (आज) पनि संसद्‌मा बोले । आज भने सरकारले प्रस्तुत गरेको आगामी बर्षको बजेटमाथि छलफलमा उनले आफ्नो धारणा राखेका थिए ।

ओलीले बजेटमाथि बोल्न दुई घण्टा खर्चिए । ओली पछि बोलेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आफूले घडी हेरेको सुनाउँदै ओलीले एक घण्टा ५८ मिनेट बोलेको बताए ।

Global Ime bank

“उहाँले एक घण्टा ५८ मिनेट बोल्नुभयो । अस्ति अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा जति टाइम लिनुभयो,” निधिले हाँस्दै भने, “उहाँले त्यति नै बोलिसक्नुभो । खुसी लागेको छ, प्रतिपक्षी दलका नेताले राम्रो होमवर्क गर्नुभएको रहेछ ।”

निधिले भनेझैं ओली आज निकै तयारीका साथ प्रस्तुत भएको जस्तो देखिन्थे । उनले केही टिपोर्ट गरेर ल्याएका थिए । बजेटमाथि भएका विषयमा उदाहरणसहित आफ्नो धारणा राखेका थिए ।

ओलीको टिपोटलाई निधिले कसैले लेखिदिएको हो कि भन्दै व्यंग्य समेत हान्न भ्याए ।

“त्यो टिपोर्ट हो की, अर्थमन्त्रीलाई आरोप लगाएको कुनै टाइपिस्ट हो । कसैले लेखिदिएको हो कि बुझ्न पाएनौं,” निधिले भने ।

तर, ओलीको भाषण लामो भएकाले एमालेकै सांसदहरू निदाएको निधिको टिप्पणी थियो ।

“धेरैबेर पर्खे  । प्रतिपक्षीको बेन्चतिर हेरेँ । जति समय बित्दै गयो, उहाँहरू निदाउन थाल्नुभयो । ताली लगाउन पनि बिर्सनुभएको थियो,” निधिले सुनाए ।

बजेटले देशका मुख्य समस्याको पहिचान गर्न नसकेको र परिणाम दिन नसक्ने ओलीले जिकिर गरे । उनले बजेट सच्याउन समेत सुझाए ।

“बजेट सच्याउनुुस् । सरकार असफल भयो । बजेट फेर्यो भन्दैनांै । सरकार देश र जनताका लागि बजेट सच्याउन तयार होस् । हामी साथ दिन्छौँ,” ओलीको भनाइ थियो ।

बजेटलाई बाँझो बारीमा छरिएको बीउको संज्ञासमेत दिएका ओलीले आफ्ना पालामा भएको कामको फेहरिस्त पनि सुनाउन भ्याए । उनले पहिले भएका उन्नति र चर्चा कहाँ गए भन्दै सोधे ।

“मैले नै सरकारको नेतृत्व गरेको बेला द इकोमिष्टिले लेखेको थियो, विश्वका तीव्रतर आर्थिक दशवटा देशमध्ये एउटा नेपाल हो,” ओलीले भने, “त्यो घोषणा गरेको थियो । आज विकासको कुनै भिजन आँट नभएको देश कुनै हो भन्यो भने नेपाल आउँछ ।”

त्यस्तै, उनले प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकारमा भएका कामलाई देखाउँदै जस लिइरहेको आरोप लगाए । उनले राँगोको कुरा पनि आफ्नै पालामा भएको रहेछ भन्दै प्रचण्डको भ्रमणमा केही नभएको संकेत गरे ।

“पाइपलाइन सुरु त त्यसै बेलै भएको रहेछ । सीमामा संयुक्त जाँच चौकी पहिले नै भएको रहेछ । सिलिगुढी चारआली पेट्रोलियम पाइपलाइन पहिले नै भएको रहेछ । राँगो ल्याउँदाका पाँच वर्ष अगाडिको प्रधानमन्त्री थियो उसैका पालामा कुरा चलाएको रहेछ । अहिले त गएको हातमा दाम्लोमात्रै थमाइदिएका हुन् भन्नुभयो । राँगैको कुरा पनि केपी ओलीले नै गरेको रहेछ,” ओलीले सुनाए ।

ओलीले हिजो आफूले गर्दा मजाक बनाइएको कुराको बाटोमा नै सरकार गएको टिप्पणी गरे ।

“हिजो जुन–जुन मजाकको विषय बनाइएका थिए, हिजो छ्यापेका हिलो पुछ्दैपुछ्दै सफा गर्दै त्यहीँ बाटोमा हिँड्नुपरेको रहेछ नि त,” ओलीको भनाइ थियो ।

ओलीका कटाक्ष
मन्तव्यका क्रममा ओलीले सदाझैं व्यंग्य गर्न छाडेनन् ।  उनले विविध विषयमा व्यंग्यवाण हाने ।

ओलीले करका दरमा भएको हेरफेरमा अर्थमन्त्रीले दिएको जवाफमा व्यंग्य गरे । करको दरमा हेरफेरमा अनाधिकृत व्यक्तिको प्रवेश भएको भन्दै प्रतिपक्ष दलले अर्थमन्त्रीको जवाफ मागेका थिए । अर्थमन्त्रीले टाइप गर्न मात्रै पूर्वनासुको संलग्नता रहेको जवाफ दिएका थिए ।
 
उनको जवाफमा ओलीको व्यंग्य थियो, “यत्रा वर्षमा हवाईजहाज मान्छेले बनाए, उडाउने पनि मान्छे बनाए । कम्प्युटर बनाउने पनि, चलाउने पनि आए । आर्टिफिसियल इन्टेलिजेन्ससम्म पुगिसक्यो मान्छे, ती पनि भेटिए । तर, यहाँ डाटा इन्ट्री गर्ने मान्छे छैन ।”

त्यस्तै, ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा गरिएको पुजापाठप्रति कटाक्ष गरे । उनले भगवान छ भनेर कोसिस नै नगरिने भन्दै व्यङ्ग्य गरेका हुन् ।

“भगवान छन् नि भन्ने छ । यहाँ भएन भने इण्डिया गएर १०८ किलो चढाएर भएपछि भगवान छन् नि हाम्रा किन कोसिस गर्नुपर्या छ भन्ने छ,” ओलीले भने ।

उनले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पुजाबाट अर्थतन्त्र सुदृढ नभएको बताए ।

“संसारमा पुजापाठबाट अर्थतन्त्रको सुदृढ कहीँ पनि भएको छैन अर्थमन्त्रीज्यू । चाहनाबाट मात्रै हुँदैन,” ओलीको भनाइ छ, “प्रयासबाट हुने हो । प्रयास पनि योजनाबद्ध हुनुपर्छ ।”

सुनाए गीत...
ओलीले बजेट संसद्बाट मात्रै पास नभएर नहुने बताए । उनले उक्त विषय पुष्टि गर्नका लागि उदाहारण स्वरुप बाल गीत सुनाएका थिए ।

“एउटा बच्चाबच्चीको गीत छ, स्कु्लमा मात्रै होइन घरमा पनि जाँच हुन्छ । हिँड्दा बोल्दा डुल्दा खाँदा पाइलै पिच्छे जाँच हुन्छ भन्ने गीत,” ओली भन्छन्, “यहाँ मात्रै पास भएर हुँदैन यो । बजेट परिणाममा पास हुनुपर्छ ।”

ओलीले विद्यार्थीले विद्यालयमा कलम ठूलो कि तरबार ठूलो तर्क वितर्क सभा गरेको जस्तो विषय नभएको समेत सुनाएका थिए ।

अर्थमन्त्रीलाई कटाक्ष : भूतले खाजा खाने बेलामा आउनुभो, अनुहार हेर्दा माया लाग्छ
ओलीले अर्थमन्त्री महतको कार्यकाल भूतले खाजा खाने बेलामा परेको भन्दै व्यंग्य हाने । उनले बजेटको जवाफ दिने क्रममा अर्थमन्त्रीको नियत स्पष्ट हुने समेत बताए ।

“अर्थमन्त्रीज्युको अनुहार हेर्दा माया लाग्छ । भूतले खाजा खाने बेलामा पर्नुभयो । वातावरण त्यस्तै छ । अघि भन्दै हुनुहुन्थ्यो, मेरो मन सफा छ । मन सफा होला,” ओलीको कटाक्ष थियो, “सेनामा एकजना सञ्जन छ भने सञ्जन भए पनि खराब भए पनि काम लाग्दैन । तपाईंको नियत के होला । बजेटमाथि जवाफ दिने क्रममा देखिन्छ ।”  

गाँजामा ओलीको असन्तुष्टि, भने– अर्थमन्त्रीको कस्तो बुद्धी !
ओलीले सरकारको बजेटमा औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीको अध्ययन गर्ने भनि उल्लेख भएकोमा असन्तुष्टि व्यक्त गरे । उनले सरकारको नयाँ भिजन भन्दै कटाक्ष गरे ।

कृषिमा आत्मनिर्भर बनाउने विषयमा ध्यान नदिएर कसले गाँजा खेती गर्न खोजेको छ भन्दै प्रश्न गरे ।

“धान फलाउने, आलु फलाउने, कृषि बढाउने त्यतापट्टी छैन । खाद्यान्नमा आत्मनिर्भर भन्ने छैन,” ओलीले सोधे, “कसले गर्न खोजीरहेको छ ? कसका लागि गाँजा खेती ? अचम्म लाग्छ गाँजा खेती कसलाई चाहियो ? अहिले मान्छे दृष्ट्रिगोचर भएको छैन । कोही छ गाँजा खेतीको पछाडि ?”

ओलीले केहीलाई लाइसेन्स दिएर गरिव किसानका भूमिमा आफैं उम्रिएको गाँजा उखेल्न खोजिएको आरोप लगाए ।

“गाँजाको बीउ लिएर बसको व्यापारी को हो ? किन आउँछन् यस्ता फेन्सी कुरा ? जनताका हितभन्दा पर यस्ता कुरा किन आउँछन् ,” ओलीले सोधे ।

उनले अर्थमन्त्रीलाई कस्तो बुद्धि आउँछ भन्दै प्रश्न समेत गरे । “कस्तो कस्तो बुद्धि आउँछ अर्थमन्त्रीलाई । मान्छे भोकभोकै मरिरहेको छ,” ओलीले भनेका छन् ।

एमालेका नेता शेरबहादुर तामाङलगायत गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने माग राख्दै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  २०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC