site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आठ बर्डी र इगल प्रहार गरेका सुवासलाई पहिलो दिन पाँच स्ट्रोकको अग्रता
Ghorahi CementGhorahi Cement

काठमाडौं । पाँच पारको ११औँ होलमा इगल सफलता हासिल गरेका सुवास तामाङले मंगलबार सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा पहिलो दिन ९–अन्डर ६३ स्कोर गर्दै अग्रता लिन सफल भएका छन् ।

सूर्य नेपाल गल्फ टुर २०२२–२३ को अन्तिम प्रतियोगितामा नम्बर एक एमेच्योर गल्फर सुवासले दोस्रो स्थानमा रहेका तोरणविक्रम शाहीलाई पाँच स्ट्रोकले पछि पारेका हुन् ।

गोकर्ण गल्फ क्लबमा जारी प्रतियोगितामा तोरणविक्रमले ४–अन्डर ६८ को स्कोरमा पहिलो दिन सकाएका छन् । ३–अन्डर ६९ स्कोर गरेका जयराम श्रेष्ठ र शिवराम पौडेल संयुक्तरुपमा तेस्रो स्थानमा छन् ।

Agni Group

१३औँ दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण पदक जित्न सफल सुवासले उत्कृष्ट सुरुआत गर्ने क्रममा पहिलो, दोस्रो र तेस्रो होलमा लगातार तीन बर्डी प्रहार गरे । आठौँ होलमा एक सट खेर फालेका सुवासले पाँचौँ र नवौँ होलको बर्डीले फ्रन्ट नाइन ४–अन्डर ३२ को स्कोरमा सकाएका थिए ।

ब्याक नाइनमा पनि सुवासले उत्कृष्ट लयलाई निरन्तरता दिए । उनले १०औँ होलमा एक सट बचाउँदा ५–पारको ११औँ होलमा इगलको सफलता प्राप्त गरे । त्यसपछि १२ र १४औँ होलमा एक–एक सट बचाउँदै सुवासले ब्याक नाइन ५–अन्डर ३१ को स्कोरमा सकाएका थिए ।

Global Ime bank

दोस्रो स्थानमा रहन सफल तोरणविक्रमले फ्रन्ट र ब्याक नाइनमासमान २–अन्डर ३४ को स्कोर गरे । उनले दिनको सुरूमै बोगी खेपेका थिए । पहिलो होलमा बोगी खेपे पनि तोरणविक्रमले तेस्रो, सातौँ र नवौँ होलमा बर्डी प्रहार गरे । त्यसपछि उनले १२ र १६औँ होलमा एक–एक सट बचाए ।

तेस्रो स्थानमा रहन सफल जयरामले फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए । पहिलो, पाँचौँ र सातौँ होलमा बर्डी प्रहार गरेका जयरामले चौथो होलमा बोगी खेपे । ब्याक नाइन १–अन्डर ३५ को स्कोर गर्नेक्रममा जयरामले ११ र १३औँ होलमा एक–एक सट बचाए । उनले १५औँ होलमा बोगी खेपेका थिए ।

संयुक्त रूपमा तेस्रो स्थान हासिल गर्न सफल शिवरामले फ्रन्ट नाइन ३–अन्डर ३३ को स्कोरमा सकेका थिए । उनले पहिलो, दोस्रो र पाँचौँ होलमा बर्डी प्रहार गरे। ब्याक नाइन इभन–पार ३६ को स्कोरमा पूरा गर्नेक्रममा शिवरामले ११औँ होलमा बर्डी र १७औँ होलमा बोगी प्रहार गरेका थिए ।

एमेच्योर खेलाडी सद्भाव आचार्य २–अन्डर ७० को स्कोरसहित पाँचौँ स्थानमा छन् । साविक विजेता शुक्रबहादुर राई १–अन्डर ७१ को स्कोर गर्दै कृष्णमान राजबाहक र दिनेश प्रजापतिसँगै संयुक्तरूपमा छैटौँ स्थानमा छन् । सूर्यप्रसाद शर्मा, भुवन नगरकोटी, दलबहादुर लामा, रवि खड्का र राजेन्द्र थापामगर संयुक्तरूपमा नवौँ स्थानमा छन् । उनीहरूले पहिलो दिनको खेल इभन–पार ७२ को स्कोरमा सकाएका थिए ।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना तथा सूर्य नेपाल प्रालिले प्रयोजन गरेको यस प्रतियोगितामा ४१ प्रोर नौ एमेच्योर गरी कुल ५० खेलाडीले प्रतिस्पर्धा गरेका छन् । ७२ होलको यस प्रतियोगितामा ३६ होलको समाप्तिपछि शीर्ष २१ प्रो र कम्तीमा ६ एमेच्योर खेलाडीले कट बनाउनेछन् ।

प्रतियोगिताको विजेताले दुई लाख ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले क्रमशः एक लाख ७० हजार, एक लाख २० हजार र एक लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । शीर्ष २१ मा पर्ने सबै प्रोफेसनल खेलाडीले नगद पुरस्कार हात पार्नेछन् ।

सूर्य नेपाल गल्फ टुर अन्तर्गत आठ मध्ये सात वटा प्रतियोगिताको सकिदा पाँच लाख १३ हजार ५०० रुपैयाँका साथ भुवन नगरकोटी यो सिजन सर्वाधिक कमाउने खेलाडी सूचीको शीर्षस्थानमा छन् । शुक्रबहादुर राई चार लाख ९४ हजार रुपैयाँका साथ दोस्रो स्थानमा छन् । यस प्रतियोगिताले अर्को सिजनको नम्बर एक खेलाडीको छिनोफानो गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १९:४२
SamabednaSamabedna
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC