site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एमालेले ७० वर्षे उमेरहद हटाउँदै
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा (एमाले)ले ७० वर्षे उमेरहद हटाउने भएको छ । नेकपा (एकीकृत समाजवादी)बाट फर्किएका नेता मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनाउन विधानमा भएको प्रावधानमा बाधा फुकाइएको हो ।

गएको शुक्रबार बसेको सचिवालय बैठकले ७० वर्ष नाघेका न्यौपानेलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो । 

Agni Group

एमालेको विधानमा कुनै पनि कमिटीको पदाधिकारी हुन ७० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । सो व्यवस्थालाई विधान महाधिवेशनमा लगेर हटाउने गरी अहिलेलाई बाधा अड्चन फुकाउ गरिएको एक पदाधिकारीले जानकारी दिए ।  

“सचिवालय बैठकमा मुकुन्द न्यौपानेको हकमा उठेको हो । उहाँ ७० वर्ष नाघ्नुभएको छ । उहाँलाई एकता प्रक्रियाबाट ल्यायौँ । कमिटीमा राख्नुपर्ने भएकाले बाधा अड्काउ फुकाउ गरिएको हो,” ती पदाधिकारीले बाह्रखरीसँग भने,“ यसलाई विधानमा महाधिवेशनमा लैजाने निर्णय भएको छ । 

Global Ime bank

नवौँ महाधिवेशनपछि एमालेमा ७० वर्षे उमेर हद राखिएको थियो । 

७० वर्षे उमेरहद हटाए एमाले प्रवेश गर्ने नेकपा (एकता राष्ट्रिय एकता अभियान)का संयोजक वामदेव गौतमले पनि बताउँदै आएका छन् । ७० वर्षे प्रावधान नहटाउँदा अर्कोपटकको महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अरू नेतालाई अप्ठ्यारो पर्छ ।‍
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC