site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से २५.६६ अंक बढ्यो, करिब दुई अर्बको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार २५.६६ अंकले वृद्धि भएको छ । सोमबार १७ अंकले घटेको नेप्से परिसूचक मंगलबार १.३५ प्रतिशतले वद्धि भएर १९२७.६५ विन्दुमा बन्द भएको छ ।

यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ । यस दिन २६९ धितोपत्रको ५५ लाख ४१ हजार ८७८ कित्ता एक अर्ब ९८ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।

सोमबार एक अर्ब ९७ करोड रुपैयाँको सेयर करोबार भएको थियो ।

आज सोल्टी होटेलको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको नौ करोड ६८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

त्यस्तै, सर्वाधिक सेयर कारोबार हुने दोस्रोमा शिवम् सिमेन्ट रहेको छ । यो कम्पनीको नौ करोड १७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।

सर्वाधिक सेयर मूल्य वृद्धि हुनेमा ङादी हाइड्रोपावर रहेको छ । यो कम्पनीको सेयर मूल्य ९.८५ प्रतिशतले वृद्धि भएर ३०१ रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा होटेल तथा पर्यटन समूह रहेको छ । यो समूहको परिसूचक ५.६७ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।

त्यस्तै, जीवन बिमा समूहको परिसूचक ४.६४ प्रतिशतले वृद्धि भएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro