site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीको व्यंग्य : हवाईजहाज तथा कम्प्युटर बनाउने मान्छे भेटिए, अर्थ मन्त्रालयमा टाइप गर्ने व्यक्ति भेटिएन
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विश्व आर्टिफिसियल इन्टेलिजेन्सीमा पुगिसक्दा पनि नेपालमा भने अर्थ मन्त्रालयमा बजेट टाइप गर्ने मान्छे नभेटिएको भन्दै व्यंग्य गरेका छन् ।  मंगलबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो व्यंग्य गरेका हुन् ।

बजेट बनाउने अघिल्लो रात अर्थ मन्त्रालयमा ‘अनधिकृत व्यक्ति प्रवेश गरेर करको दरमा हेरफेर गरेको’प्रति लक्षित गर्दै उनले व्यंग्य गरेका हुन् । ओलीअघि बोलेका अर्थमन्त्री प्रकाशशरण महतले बाध्यताका कारण बजेट टाइप गर्न रामकृष्ण श्रेष्ठलाई जिम्मेवारी दिनुपरेको बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

जवाफमा ओलीले विश्वले हवाईजहाज बनाउने र उडाउनेमात्र नभएर कम्युटर बनाउने मान्छे समेत पाइसक्दा हामीकहाँ भने बजेट टाइप गर्ने मान्छे नपाएको भन्दै व्यंग्य गरेका हुन् ।

“यत्रा वर्षमा हवाईजहाज मान्छेले बनाए, उडाउने पनि मान्छे बनाए । कम्युपटर बनाउने पनि, चलाउने पनि आए । आर्टिफिसियल इन्टेलिजेन्ससम्म पुगिसक्यो मान्छे, ती पनि भेटिए । तर, यहाँ डाटा इन्ट्री गर्ने मान्छे छैन,” ओलीले व्यंग्य गरे ।

Global Ime bank

राष्ट्रपति रामचन्द्र पौडेलले १० जना व्यक्तिलाई बिनाकाम तलब दिएर राखेको भन्दै अर्थ मन्त्रालयले किन योग्य मान्छे नराखेको भन्ने प्रश्न गरे ।

“राष्ट्रपतिज्यूले १० जना कांग्रेसका नेताहरू मन्त्रीस्तरको सुविधा दिएर फनफनी घुमाएर त्यहाँ राख्नुभएको छ । बेकारमा घाम तपाएर भयो भने शीतल तपाएर अर्थ मन्त्रालयमा भने टाइप गर्ने मान्छे छैन । अर्थमन्त्री चाहिँ त्यहीँ एउटा मान्छे छ, बाध्यता छ भन्नहुन्छ,” उनले भने ।

उनले चारजना नासु स्तरको मानिस भर्ती गरेर उनीहरूलाई तालिमसहित योग्य बनाउनुपर्नेमा जोड दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC