site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राप्रपा सांसदको प्रश्न– करका दर हेरफेरमा पूर्वकर्मचारीलाई कसको स्वार्थमा राखियो ?
फाइल तस्बिर ।

काठमाडौैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आर्थिक विधेयक बनाउँदा पूर्वकर्मचारी रामकृष्ण श्रेष्ठलाई कसको स्वार्थ गोप्यकक्षमा राखिएको भन्दै प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले त्यसक्रममा पूर्वनासु श्रेष्ठले कसरी प्रवेश पाए भन्दै अर्थमन्त्रीसित जवाफ माफ गरे ।

“पूर्वकमर्चारी श्रेष्ठलाई कसको स्वार्थपूर्तिका लागि, कसको प्रतिनिधि बनाएर कुन स्वार्थपूर्तिका लागि आर्थिक विधेयक बनाउन अति गोप्यकक्षमा लगिएको हो ? जवाफ चाहिन्छ,” उनले भने ।

शाहीले स्पष्ट जवाफ नआए भ्रष्टाचारविरुद्ध राप्रपाले सडक र सदनबाट आन्दोलन गर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro