काठमाडौं । ग्लोबल आईएमई बैंकले सातवटै प्रदेशमा वृक्षरोपण गर्दै विश्व वातावरण दिवस मनाएको छ ।
बैंकले ‘एक कर्मचारी, एक विरुवा रोपण’ अभियानअन्तर्गत सातवटै प्रदेशमा विभिन्न प्रजातिका उन्नत बोटबिरुवाहरु रोपेर विश्व वातावरण दिवस मनाएको हो ।
बैकले मोरङ्गको विराटनगर एयरपोर्ट रोड, सिराहाको मिर्चैया, काठमाडौंको टोखास्थित लाखे डाँडा, कास्कीको पोखरा रङ्गशाला परिसर, रूपन्देहीको तिलोत्तमा सामुदायिक पार्क र सुर्खेतको विरेन्द्रनगर चौहान पार्कमा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको बताइएको छ ।
बैंकले आयोेजना गरेको यस वृहत् वृक्षरोपण कार्यक्रममा बैंकका कर्मचारीहरु, स्थानीय नागरिकलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहेको बताइएको छ ।