राजनीति
काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दै नबसी स्थगित गरिएको छ । आज बिहान ११ बजेर ११ मिनेटमा बस्ने तय भएको बैठक विशेष कारण स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रियसभाको अर्को बैठक बुधबार (भोलि) बिहान ११ बजेर ११ मिनेटमा बस्ने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे जवाफ दिने तयारी थियो । प्रधानमन्त्री प्रचण्ड कार्यक्रमको सिलसिलामा काठमाडौंबाहिर गएका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० ११:३८
प्रतिक्रिया दिनुहोस्