site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हुम्लामा भीरबाट लडेर युवकको मृत्युु
प्रतीकात्मक तस्बिर ।

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–१ मा भीरबाट लडेर २४ वर्षीय गौरीलाल दानीको मृत्यु भएको छ ।

आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कंने क्रममा लौठारुख भीरबाट लडेर अदानचुली–१, कल्खे गाउँका दानीको मृत्युु भएको श्रीनगर प्रहरीचौकीका सहायक प्रहरी निरीक्षक कृष्णबहादुर बुढाले बताए ।

कल्खेबाट फर्केको व्यक्ति राति अबेरसम्म दोमुखको होटेलमा नपुुगेपछि परिवारका सदस्यले दानीको सोधखोज गरेका थिए । खोजी गर्ने क्रममा सोमबार बिहान दानी मृतावस्थामा दोमुखनजिक भेटिएको स्थानीय परबहादुर थापाले बताए ।

दानीले दोमुखमा होटेल सञ्चालन गर्दै आएका थिए । दसरा पूर्णिमाको दिन कल्खे गाउँमा देउडागीत प्रतियोगिता आयोजना गरिएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro