
काठमाडौं । नेपाली साङ्गीतिक क्षेत्रका अमर स्रष्टा प्रेमध्वज प्रधानको नाममा स्थापना गरिएको ‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ले प्रेमध्वज प्रधानको ८७औैँ जन्मजयन्तीको अवसरमा नेपाली सुगम सङ्गीत क्षेत्रमा अमूल्य योगदान पुर्याउने स्रष्टाको सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ ।
जेठ २७ गते प्रधानको जन्मदिनको अवसरमा प्रतिष्ठानले पहिलोपटक सम्मान तथा पुरस्कार कार्यक्रम आयोजना गर्दै छ । यस वर्ष सम्मानित तथा पुरस्कृत हुने स्रष्टाहरूको नाम पनि सार्वजनिक गरिएको छ ।
प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय सङ्गीत सम्मानद्वारा गीतकार किरण खरेल, प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय वाद्यवादन सम्मान सितारवादक तारावीर सिंह तुलाधरलाई र प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय युवा संङ्गीत पुरस्कार गायिका मिलन नेवारलाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।