अर्थ व्यवसाय
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ पुगेको छ । नेसनल लाइफले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने निर्णय साधारणसभाबाट पारित गरेको छ ।
८ प्रतिशत बोनस सेयर दिएपछि नेसनल लाइफको चुक्ता पुँजी नियामक निकायले तोकेको पाँच अर्ब एक करोड रुपैयाँ पुगेको छ ।
नेसनल लाइफले लगानीलाई विविधिकरण गर्ने प्रक्रियामा सहायक कम्पनी खोलेर घरजग्गा र सेयर बजारमा लगानी गर्ने प्रयास गर्ने जनाएको छ ।
साधारणसभाले ६.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० १५:१०
प्रतिक्रिया दिनुहोस्