राजनीति
काठमाडौं । प्रतिनिधिसभा बैठक सञ्चालनमा दलहरू सहमत भएका छन् ।
सभामुख देवराज घिमिरे र सत्तासाझेदार दलका नेताहरूसँग सोमबार छलफलपश्चात् बैठक सञ्चालनमा सहमति जुटेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक पदम गिरीले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूले उठाएको विषयमा आज संसद् बैठकमा जवाफ दिने सहमति भएको गिरीले बताए ।
“हामीले उठाएको प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सहमति भएपछि बैठक सञ्चालन हुन्छ,” उनले भने ।
आइतबार एमालेसहित प्रतिपक्ष दलको अवरोधका कारण संसद् बैठक सञ्चालन हुन सकेको थिएन ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० ११:१५
प्रतिक्रिया दिनुहोस्