site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिनिधिसभाको बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)
फाइल तस्बिर

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भनव नयाँ बानेश्वरमा बस्नेछ । 

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । 

राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलका लागि अथमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने, उक्त प्रस्तावमाछि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

नागरिकता विधेयकमा एमालेको दोहोरो राजनीति : महाभियोगसम्म जाने चेतावनी !

आजको बैठकमा सभामुखले दुईवटा शोक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

हिजो प्रतिपक्ष तीन दलको अवरोधका कारण बैठक बस्न सकेको थिएन । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको भन्दै विरोध गरेका थिए ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गरेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ०५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro