site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एप्पलले आफ्नो महत्त्वाकांक्षी उत्पादन सार्वजनिक गर्दै !

काठमाडौं । एप्पलले लामो समयदेखिको महत्त्वाकांक्षी नयाँ हार्डवेयर उत्पादन सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

सोमबारदेखि सुरु हुने यसको वर्ल्डवाइड डेभलपर्स कन्फरेन्स (डब्ल्यूडब्ल्यूडीसी) २०२३ मा मिक्स्ड रियालिटी हेडसेट सार्वजनिक गर्ने अपेक्षा गरिएको हो ।

भर्चुअल रियालिटी (भीआर) र अगमेन्टेड रियालिटी (एआर) प्रदान गर्ने यस प्रविधिले वास्तविक संसारको भिडियामो भर्चुअल कुराहरू देखाउन सक्छ ।

निकै अपेक्षाकृत एआर/भीआर हेडसेट एप्पलले २०१५ मा सार्वजनिक गरेको स्मार्टवाचपछिकै महत्त्वपूर्ण हार्डवेयर हुने ठानिएको छ ।

यसले कम्पनीको लागि नयाँ युगको संकेत गर्न सक्छ । लाखौँ मानिसले कम्प्युटर र आफू वरपरको संसारसँग अन्तर्क्रिया गर्ने क्षेत्रमै क्रान्ति ल्याउन सक्छ ।

डेभलपर्स कन्फरेन्समा सार्वजनिक हुने ठानिएका धेरै उत्पादनमध्येको एउटा हो । एप्पलले विभिन्न सफ्टवेयर अपडेट, नयाँ म्याकबुक, आईफोन, आईप्याड र एप्पल वाचका लागि नयाँ फिचरलगायतका कुराहरहरू सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

वर्ल्डवाइड डेभ्लपर्स कन्फरेन्स क्यालिफोर्नियाको क्युपर्टिनो सहरस्थित एप्पल पार्कमा जुन ९ सम्म चल्ने छ ।

सीएनएनबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro