site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजिप्टको सीमा नजिकै तीन इजरायली सेनाको हत्या

काठमडाौं । इजिप्टको सीमा नजिकै भएको आक्रमणमा तीन इजरायली सेनाको हत्या भएको छ ।

इजिप्टको पुलिस वर्दी लगाएका बन्दुकधारीले गोली चलाउँदा तीन इजरायली सैनिकको मृत्यु भएको अधिकारीरूले बताएका छन् ।

इजरायली सेनाले शनिबार बिहान इजिप्टको सीमामा एक सैन्य चौकी सुरक्षित गर्ने क्रममा एक इजिप्टियन पुलिसले दुई सैनिकलाई गोली हानेर मारेको बताएको छ । इजिप्टका अफिसर र तेस्रो इजरायली सिपाही केही घण्टापछि इजरायली क्षेत्र भित्र भिडन्तमा मारिएका थिए ।

इजिप्टको सेनाले भनेका छन्, इजिप्टका एक सीमा गार्डले लागु पदार्थ तस्करहरूलाई पछ्याइरहेका थिए, सो क्रममा सीमा सुरक्षा अवरोध पार गरे र इजरायली सेनासँग गोलीबारी गरे ।
 
घटना इजरायल र इजिप्ट बीचको नितजाना र अल–अवजा सीमाना नजिकै भएको थियो, जहाँ इजिप्ट र गाजा पट्टीसँग इजरायलको सिमाना मिल्ने विन्दुको दक्षिणपूर्वमा पर्छ । यो इजिप्टबाट इजरायल वा गाजा पट्टीको लागि गन्तव्यबाट सामानहरू आयात गर्न प्रयोग गरिन्छ ।

इजिप्टका रक्षामन्त्री मोहम्मद जाकीले आफ्ना इजरायली समकक्षीसँग सीमामा गोली हानाहान र “भविष्यमा यस्ता घटना हुन नदिनका लागि आपसी समन्वयका उपायहरू“बारे छलफल गर्न इजिप्टको सेनाले विज्ञप्तिमा भनेको छ । अल्जजिरा

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  ०६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro