site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफ्नो हवाई क्षेत्र प्रयोग नगर्न पाकिस्तानको आग्रह, मिसाइल र हवाई फायरिङको जोखिम

काठमाडौं । पाकिस्तानले व्यावसायिक विमान कम्पनीहरूलाई पाकिस्तानी हवाई क्षेत्र प्रयोग नगर्न आग्रह गरेको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले उक्त जानकारी दिएका हुन् ।
 
व्यावसायिक विमान कम्पनीहरू ‘मिसाइल वा कुनै प्रकारको हवाई फायरिङ’ बाट प्रभावित हुने जोखिममा रहेको भन्दै उनले ‘नागरिकहरूको ज्यान जान सक्ने’ चेतावनी दिएका छन् ।

भारत र पाकिस्तानबीच बढ्दो तनावलाई ध्यानमा राख्दै धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले केही दिनका लागि पाकिस्तानी हवाई क्षेत्रमा आफ्नो उडान बन्द गर्ने घोषणा गरेका छन् ।

इमिरेट्स एयरलाइन्सले मे १० सम्म पाकिस्तानको उडान सेवा स्थगित गर्ने बताएको छ ।

लुफ्थान्सा एयरलाइन्सले केही दिनअघि नै अर्को सूचना जारी नभएसम्म पाकिस्तानी हवाई क्षेत्रमा आफ्नो उडान सञ्चालन स्थगित गरेको जनाएको थियो । (बीबीसी हिन्दीबाट) 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro