site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोविन्दबहादुर थापाको ‘अर्थतन्त्रको आँखीझ्याल’ सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । अर्थविद् डा. गोविन्दबहादुर थापाको ‘अर्थतन्त्रको आँखीझ्याल’ पुस्तक सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उक्त किताबको विमोचन गरे ।

अर्थविद् थापाले आफ्नो जीवनकालमा लेखेका लेखहरूको संकलनका रूपमा डा. गोविन्दबहादुर थापा स्मृति प्रतिष्ठानले पुस्तक बजारमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशको भूमिकामा काम गरेका थापाको कोरोनाका कारण ०७८ सालमा निधन भएको थियो । थापाले आफ्नो जीवनकालमा अर्थतन्त्रको विकासका लागि काम गरेका थिए ।

थापाले ०६१ देखि लेखेका लेखहरूबाट छनोट गरेर ६१ लेख पुस्तकमा समेटिएको छ । पुस्तक नेपाली अर्थतन्त्रका बारेमा बुझाउनका लागि उपयोगी रहेको बताइएको छ ।

डा. थापाले जीवित रहँदै लेखेका लेख, रचनाहरुको संकलनस्वरुप पुस्तक तयार पारिएको हो । 

पुस्तकको पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र प्रतिष्ठानकी अध्यक्ष इन्दिरा थापाले संयुक्तरुपमा विमोचन गरेका थिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, पूर्वगभर्नर विजयनाथ भट्टराई, पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीलगायतको उपस्थिति थियो ।

पुस्तकमा नेपाल वैदेशिक व्यापार, रेमिट्यान्सको बजार, मुद्राबजार, मौद्रिक नीति, बजेट प्रणाली, पर्यटन नीतिलगायतका विषय समेटिएको छ ।

कार्यक्रममा पूर्वअर्थमन्त्री पाण्डेले मुलुकको अर्थतन्त्र अत्यन्तै अप्ठेरो परिस्थितिमा रहेको बताए ।

“सरकार र निजी क्षेत्रको ऋण बढ्दै गएको छ । बैंकको ब्याजदर घट्ने सम्भावना पनि छैन । आर्थिक संकट आउने हो कि भन्ने डर पनि छ,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  २०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro