site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता भएका छन् । उनी शनिबार साँझ नेपाल एयरलाइन्सको विमानमार्फत स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गते नेपाल एयरलाइन्सकै विमानमार्फत भारततर्फ प्रस्थान गरेका थिए । अहिले प्रधानमन्त्री भएपछि यो उनको पहिलो विदेश भ्रमण हो ।

Prabhu Bank
Agni Group
NIC Asia

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले उनका समकक्षी नरेन्द्र मोदीसँग एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए । त्यसक्रममा विभिन्न सम्झौता र समझदारी भएको थियो ।

उनले भारतका राष्ट्रपति दौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

Global Ime bank

प्रधानमन्त्री प्रचण्ड भारतको मध्य प्रदेशस्थित इन्दौर सहरमा पुगी त्यहाँको फोहर व्यवस्थापनको बारेमा जानकारी लिनुका साथै विज्ञान प्रविधिसम्बन्धी क्षेत्रको अवलोकन समेत गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय