site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण कति उपलब्धिपूर्ण ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले चारदिने औपचारिक भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा छन् । बिहीबार दुई देशका प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच दुईपक्षीय छलफल भएको छ । त्यसक्रममा नेपाल–भारतबीच सात सम्झौता समेत भएको छ ।

भ्रमणको मुख्य पाटो नै सम्झौता र दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलन तथा सम्बोधन हो ।

दुई जलविद्युत् आयोजना भारतलाई, चाँदनी दोधारामा आईसीपी बन्ने

Prabhu Bank
Agni Group
NIC Asia

दुई जलविद्युत् आयोजना भारतलाई दिने सहमतिमा हस्ताक्षर भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको क्रममा बिहीबार तल्लो अरुण र फुकोट कर्णालीको जिम्मा भारतीय कम्पनीलाई दिन सम्झौता भएको छ । 

Global Ime bank

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्तापछि आयोजित कार्यक्रममा दुईवटा जलविद्युत् कम्पनी भारतीय कम्पनीलाई दिन सम्झौता भएको छ ।

यस्तै, गोखरपुर बुटवल ४०० केबी प्रसारण लाइन बनाउन समेत नेपाल र भारतबीच सम्झौता भएको छ । यसको निर्माणको लागि विद्युत् प्राधिकरण र भारतको तर्फबाट पावर ग्रिडको लगानी हुने छ । 

जसको लागत चार अर्ब ६२ करोड भारतीय रुपैयाँ हुनेछ । यस्तै, नेपाल र भारतबीच वाणिज्य सन्धी नवीकरण गर्ने सहमति भएको छ ।

बथनाहबाट नेपाल आएको कार्गो रेलको प्रधानमन्त्री प्रचण्ड र मोदीले गरे शुभारम्भ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीले भारतको बथनाहबाट नेपाल आएको कार्गो रेललाई हरियो झन्डा देखाएका छन् । बिहीबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुवै देशका प्रतिनिधिमण्डलबीच भएको छलफलपछि आयोजित विशेष समारोहमा नेपाल–भारत कार्गो रेलको शुभारम्भ गरिएको हो ।

बथनाहबाट पहिलोपटक कार्गो बोेकेको रेल विराटनगरको कस्टम यार्डमा आइपुगेको छ । अब भारतबाट विराटनगरमा कार्गोमार्फत सामान ल्याइनेछ ।

पार्टनरसिप सुपरहिट बनाउन महत्त्वपूर्ण निर्णय लिएका छौँ : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीच महत्त्वपूर्ण सम्झौताहरू भएको बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित दुई देशका प्रतिनिधिमण्डलबीचको छलफलबाट आफूहरूले पार्टनरसिपलाई सुपरहिट बनाउन महत्त्वपूर्ण निर्णयहरू लिइएको उनले बताए ।

उनले समकक्षी प्रचण्डसँगको छलफलमा ट्रान्जिट सम्झौता सम्पन्न भएको बताए । यसबाट नेपाली जनतालाई नयाँ रेलमार्गका साथ सामुद्रिकमार्गको सुविधा पनि उपलब्ध गराइएको उनले जानकारी दिए ।

“आज हामीले भविष्यमा हाम्रो पार्टनरसिप सुपरहिट बनाउन धेरै महत्त्वपूर्ण निर्णय लिएका छौँ । आज ट्रान्जिट सम्झौता भएको छ,” उनले भने, “रेलमार्गको साथ नेपाली जनताले समुद्रमार्गको सुविधा पनि पाउन सहज भएको छ ।”

नौ वर्षअघि पहिलोपटक आफू प्रधानमन्त्री भएको तीन महिनाभित्र नेपाल भ्रमण गरेको भन्दै उनले आफूले नेपाल–भारतबीच सीमाका कारण सम्बन्धमा दरार नआउने गरी काम गरेको जिकिर गरे ।

“वीरगन्जमा पहिलोपटक नेपालको आईसीपी बन्यो । क्रस बोर्डर पेट्रोलियम पाइपलाइन बन्यो । बर्डगेज रेल लाइन स्थापना भयो । सीमामा नयाँ ट्रान्समिसन लाइन स्थापना भयो । अब हामी नेपालबाट ४५० मेगावाटभन्दा बढी बिजुली आयात गरिरहेका छौँ,” उनले भने ।

नेपाल–भारत सीमा विवाद समाधान हुन्छ : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमा विवाद समाधान हुने बताएका छन् । 

उनले नेपाल–भारत सम्बन्धलाई हिमालको जस्तै उचाई दिने काम भइरहेको बताएका छन् ।  उनले सीमा विवाद पनि यहीँ भावनाका साथ समाधान हुने बताए । 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संवाद पश्चात् हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा मोदीले यही भावनाका साथ सीमा विवाद पनि समाधान गर्ने बताए । 

“हामी हाम्रो सम्बन्धलाई हिमालय जस्तै उचाई दिने काम गर्नेछौँ,” उनले भने, “यही भावनाका साथ हामी सबै विषयमा संवाद गर्नेछौँ र समस्या समाधान गर्नेछौँ । सीमाको विषयमा होस् वा अरु केही सबै समाधान हुनेछ ।”

‘रामायण सर्किट’सँग सम्बन्धित परियोजनालाई द्रुत गतिमा अघि बढाइनेछ : मोदी

भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले ‘रामायण सर्किट’सँग सम्बन्धित परियोजनालाई द्रुत गतिमा अघि बढाइने बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध पुरानो र मजबुत रहेको पनि उल्लेख गरे ।

“नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध पुरानो र मजबुत् छ,” उनले भने, “यो सुन्दर कडी अझ मजबुत बनाउन प्रचण्डजी र मैले निश्चित गरेका छौँ कि रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई द्रुत गतिमा अघि बढाइनेछ ।”

१० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो १० वर्षमा नेपालबाट १० हजार मेगावाट जलविद्युत् किन्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा उनका समकक्षी मोदीले ‘लङ टर्म पावर एग्रिमेन्ट’अन्तर्गत १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका हुन् ।

अहिले भारतले नेपालबाट ४५० मेगावाट बिजुली किनिरहेको जानकारी पनि उनले दिए ।

थप १२ सय मेगावट विद्युत् किन्न प्रधानमन्त्री प्रचण्डले गरे मोदीलाई आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा उत्पादन भएको थप १२ सय मेगावट विद्युत् किन्न आग्रह गरेका छन् । उनले भारतले वार्षिक ४५० मेगावट विद्युत् किनिरहेको विषयको आफूले स्वागत गर्ने भन्दै थप विद्युत् खरिद गर्न अनुरोध गरेका हुन् ।

बिहीबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा आयोजित विशेष पत्रकार सम्मेलनमा उनले बंगलादेशसम्म बिजुली बेच्न नेपाललाई बाटो दिएकामा भारत सरकारलाई धन्यवाद पनि दिए ।

“हामीले बंगलादेशलाई विद्युत् बेच्न भारतले मध्यस्तकर्ता बन्न देखाएको इच्छा, म त्यसमा पनि धन्यवाद दिन चाहन्छु । भारतको मार्गबाट ५० मेगावाट बढी विद्युत् बंगलादेशलाई बेच्न सहज हुनेछ,” उनले भने ।

प्रधानमन्त्री प्रचण्डले मोदीको ‘छिमेक पहिला’ नीतिको पनि चर्चा गरे । “आज प्रधानमन्त्री मोदीले पनि भन्नुभयो कि हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउँछु भनेर । म यसलाई सम्मान गर्न चाहन्छु, मोदीजीको छिमेकी पहिलो पोलिसीको,” उनले भने, “व्यापार, ट्रान्जिट, लगानी, ऊर्जा विकास, सिँचाइ, कृषि कनेक्टिभिटी जसमा हवाईमार्ग, रेलवे, पुल, ट्रान्समिसन लाइनलगायतलाई अघि बाउने कुरा सराहनीय छ ।”

प्रधानमन्त्री मोदी र आफूले धेरै विषयको सुरुआत गरेको र विभिन्न सात सम्झौता गरेको उनले उल्लेख गरे । आफूहरूले जलविद्युत्मा भइरहेको प्रगति र क्रस बोर्डर ट्रान्समिसन लाइनमा भइरहेको कार्यान्वनयको ‘रिभ्यु’ गरेको उनले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड बुधबारदेखि चारदिने भारत भ्रमणमा छन् ।

प्रचण्ड–मोदी भेटमा पञ्चेश्वर परियोजना अघि बढाइने छलफल, तीन महिनाभित्र डीपीआर तयार गर्न निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीसँग महाकालीको पञ्चेश्वर परियोजना अघि बढाउनेगरी छलफल भएको बताएका छन् । 

उनले तीन महिनाभित्र डीपीआर तयार पार्न कर्मचारीहरूलाई निर्देशन दिइएको जानकारी दिए । 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँगको छलफल पश्चात् हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले दुवै देशको सरकारले डीपीआरलाई अनुमोदन गरेपश्चात् एक वर्षभित्र परियोजना अघि बढाउनका लागि मोडालिटी तयार हुने जानकारी दिए ।

मोदीसामु प्रचण्डले मागे नयाँ हवाई रुट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग नयाँ हवाई रुटको माग गरेका छन् । बिहीबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा आयोजित विशेष पत्रकार सम्मेलनमा उनले नयाँ एयर रुटको माग गरेका हुन् ।

नेपाल–भारतका प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीचको छलफलपश्चात् आयोजित पत्रकार सम्मेलनमा उनले भने, “नेपालले नयाँ एयर रुटका लागि थप एयर इन्टी रुटका निम्ति भारतसँग अनुरोध गरेका छौँ,” उनले भने, “नेपाल भारतको सकारात्मक प्रतिक्रियाको अपेक्षाको स्वागत गर्दछ ।”

भारतीय समकक्षी नरेन्द्र मोदीसामु उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि एयर रुट आवश्यक भएको उल्लेख गरे ।

उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा उडान गर्न चाहेको पनि बताए ।

नेपाल–भारत सीमा विवाद समाधान गर्न कूटनीतिक संयन्त्र प्रयोग गरिने

नेपाल–भारतबीच देखिएको कालापानीलगायत सीमा  विवाद समाधानका लागि कूटनीतिक संयन्त्र प्रयोग गरिने भएको छ । 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमाका विषयमा देखिएको समस्या समाधान गर्न समकक्षी नरेन्द्र मोदीसँग छलफल भएको जानकारी दिए । 

प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा छलफल पश्चात् पत्रकार सम्मेलनमा बोल्दै उनले आफूले सीमा समस्याको कुरा उठाएको र प्रधानमन्त्री मोदी पनि समस्या समाधान गर्न तयार रहेको आफूले पाएको बताए । 

“प्रधानमन्त्री मोदीजी र मैले सीमाको विषयमा पनि छलफल गर्‍यौं,” उनले भने, “प्रधानमन्त्री मोदीपनि दुईपक्षिय कूटनीतिक संयन्त्रबाट विवाद समाधान गर्न तयार भएको पाएँ ।” 

प्रधानमन्त्री प्रचण्डअघि बोलेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सीमा विवादको विषयमा बोलेका थिए । 

“हामी हाम्रो सम्बन्धलाई हिमालय जस्तै उचाई दिन काम गर्नेछौँं,” उनले भने, “यही भावनका साथ हामी सबै विषयमा संवाद गर्नेछौँ र समस्या समाधान गर्नेछौँ । सीमाको विषयमा होस् वा अरु केही सबै समाधान हुनेछ ।” 

नेपाल भारतबीच लिम्पियाधुरा लिपुलेक कालापानी लगायत धेरै ठाउँमा सीमा विवाद छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC